suekhet
bheriad

सरकार राष्ट्रियता बचाउनमा असफल नेता रामचन्द्र पौडेल,

lekabesi

फागुन २८ / नवलपरासी पश्चिम -,नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देश जनताको आशा र अपेक्षा अनुसार अगाडी बढन नसकेको बताएका छन् ।
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं.-२ फेनहरामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता पौडेलले देशको आशा र अपेक्षा अनुसार अगाडी नबढनु जनताको लागि दुर्भाग्य रहेको जिकिर गरे ।

देशमा लामो राजनितीक लडाइँ पछि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो जुन संबिधानले नेपाललाई संघीयतामा लायो तर वर्तमान सरकार शान्ति सुरक्षामा असक्षम र राष्ट्रियता बचाउन असफल भएको पौडेलले बताउनु भयो ।

देश टुक्रयाउने भनेका सिके राउत सित केपी ओलिको सरकार जेलमा सम्झौता गरि राउतलाई राष्ट्रको मुलधारमा ल्याएको भन्ने तर सम्झौतामा लेखिएको भाषा उल्टो रहेको तथा राष्ट्रियको अखण्डता बिर्सेर हस्ताक्षर भएको अारोप लगाए ।

राउतसंग गरेको सम्झौता देशको राष्ट्रवाद भन्ने शब्दको दुरुपयोग भएको हो । राष्ट्रवादको नारा लिएर जनतालाई झुक्याएर सत्तामा जाने अनि राष्ट्रघाती कामहरु गर्ने भएको भन्नु भयो ।

नेता पौडेलले, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देश टुक्रयाउँछु भन्दै आन्दोलन गर्दै हिडेको सिके राउतसँग सहमति गरेर विखण्डनकारीलाई मान्यता दिएको आरोप पनि लगाए साथै पौडेलले देउवा भन्न पनि छोड्नु र पौडेल पनि भन्न छोड्नु मात्र काङ्ग्रेस भनेर लाग्नु भन्नू भयो ।

त्यसैगरी नवलपरासी पश्चिम पर्यटनको संभावना बोकेको जिल्ला भएकोले यसको विकासमा सम्पुर्ण नेपाली लाग्नु पर्ने दाबी गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेको नेता पौडेलले भने, सरकारले राष्ट्रियताको कुरा गरेपनि त्यो बोलीमा मात्रै सीमित रहेकाले जनताको चाहना बिपरीत सरकारले राउतसँग सहमति गरेको पौडेलको भनाई थियो ।

नेपाली कांग्रेस प्रतिनिधि सभाको क्षेत्र नम्बर १ नवलपरासीको आयोजनामा भएको बृहत कार्यकर्ता भेला कार्यक्रममा प्रमुख अतिथि नेता पौडेल, विशिष्ट अतिथि एवं पुर्व सांसद देवकरण कलवार, पुर्व सांसद विक्रम खनाल, पुर्व सभाषद महेन्द्ध्वज जिसी, अतिथि नेपाली कांग्रेसको जिल्ला कार्यवाहक सभापति अर्जुनकुमार पोख्रेल, रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ता, प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा, महिला संघ अध्यक्ष कमला तिवारी लगाएत नेपाली कांग्रेसका जिल्ला सदस्यहरु, नेपाली कांग्रेसबाट निर्वाचन पदाधिकारीहरुले बोलेका थिए र सो कार्यक्रम नेपाली कांग्रेस क्षेत्रीय सभापति मुकुल आर्चायको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अंगद यादव/ नवलपरासी पश्चिम ,,