विप्लव समुहमा लगाईएको प्रतिबन्धबारे वैद्यले मुख खोले ,,

Naumule

फागुन २९ ,काठमाडौँ -सरकारले विप्लव समूहका गतिविधिमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आग्रह गरेको छ ।

स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै नेकपा महासचिव वैद्यले विज्ञप्ति जारी गर्दै विप्लव समूहका नेता, कार्यकर्ताहरुलाई धरपकड तथा यातना दिने काम अबिलम्ब रोक्नसमेत माग गरेका छन् ।

Gurvakot

सरकारको गतिविधिलाई फासिवादी भन्दै क्रान्तिकारी माओवादीले विरोध तथा भर्त्सना गरेको छ । ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासीवादी व्यवहार निन्दनीय छ’, वैद्यले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

देशमा लुटपाट मच्चाउने र आपराधिक गतिविधि गरेको भन्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तेस्तै सरकार र सिके रावतको बीचमा भयको ११ बुँदे सहमतिको बुँदाले राष्ट्रिय अखण्डता तथा सार्वभौमिकताजस्तो सम्वेदनशील विषयमा सरकारका तर्फबाट गल्ती भएकोमा त्यसलाई अविलम्ब सच्याउन आग्रह गरेको छ ।

Bangad kupinde