suekhet
bheriad

११ बर्षीया बालिका बलात्कार पछि हत्या गर्ने युवकलाई जन्म कैद ,,

lekabesi

फागुन,२९ भोजपुर – ११ वर्षीय बालिका बलात्कार गरी हत्या गरेको अभियोगमा एक युवकलाई जिल्ला अदालत भोजपुरले जन्मकैदको सजाय सुनाएको छ ।

अदालतले साल्पासिलिछो गाउँपालिका , ५ दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला गरेको हो ।

सोही ठाउँकी भान्जी नाता पर्ने ११ वर्षीया बालिका रचना राईलाई सञ्जयले सँगै सुत्छु भनेर गत भदौ १० गते बलात्कार गरी हत्या गरेका थिए ।बालिका आमा धनमती राई र सौतेनी बाबु राजन राईसँग बस्थिन् ।

सञ्जय पनि लामो समयदेखि बालिकाको घरमा बस्दै आएका थिए ।जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले गरेको फैसला अनुसार पीडक राईबाट मृतक बालिकाको परिवारलाई १ लाख क्षतिपूर्ति भराउने ठहरसमेत गरेको निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।