suekhet
bheriad

विप्लवका कार्यकर्ता राजधानीमा पसेको भन्दै भोलिको बन्दले राजधानीमा त्रास ,आजै ४ बजे बाट टिकट दिएनन गाडीले ,,

lekabesi

फागुन २९ , काठमान्डौ – नेकपा नेत्रविक्रम चन्द विप्लवले भोलिको दिन बन्दको आवहान गरेको छ ।सरकारले नेत्र विक्रम चन्द विप्लवका गतिविधि रोक्नको लागि भन्दै प्रतिबन्ध लगाएको छ ।

एसको विरुद्द विप्लवले आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गर्दै भोलि बन्दको घोसना गरेको हो ।विप्लवले बन्दको घोसना गरेपछि अधिकांस पहाड लगायत राजधानीका निजि विद्यालय हरुमा विदा दिईएको छ ।

विप्लवले गरेको बन्दलाई बेवास्ता गरेपछि केहिदिन यता उक्त समुहले राजधानीका विभिन्न ठाँउमा बम बिस्फोट गर्ने गरेको छ। नख्खु बिस्फोट , बसुन्धराको गुरुङको घरमा बिस्फोटले राजधानीमा त्रास फैलीएको छ ।

बुधबार साँझ राजधानीदेखि बाहिर जाने गाडीले कुनै पनि यात्रुको टिकेट काट्न मानेको छैन। भोलिको बन्दलाइ विफल बनाउने भन्दै नेपाल प्रहरीले भने स्कर्टिङ गरेर भए पनि गाडी चल्न दिइने जानकारी गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीलेका अनुसार ‘हाइवे र मुख्य सडकहरुमा आवश्यकता अनुसार स्कर्टिङको व्यवस्था गरेको जानकारी गरे उपत्यका बाहिरका जिल्लाको हकमा पनि माग बमोजिम सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर स्कर्टिङको व्यवस्था मिलाइने उनको भनाइ छ ।

विप्लवको बन्दलाई विफल बनाउन राजधानी बाहिर जिल्लामा पनि कडा सुरक्षा संगै सादा पोसाकमा प्रहरी खाटाईएको सुवेदी बताउछन। तर जतिसुकै सुरक्षा कडा गरेपनि विप्लवको राज हुने जिल्लामा भने बन्द ठप्प हुने गरेको छ।

जसको प्रभाव सर्वसाधारण देखि ब्यापारी सबैमा पर्ने गर्दछ ।सरकारले आफ्ना गतिविधिमा प्रतोरोध गरे जुनसुकै बेलापनि प्रतिघात गर्ने विप्लव समुहले जवाफ दिएको छ ।