surkhet

मकवानपुरमा ट्रकमाथि आगजनी ,

surkhet

फागुन,३० मकवानपुर – मकवानपुरको थाहा नगरपालिका,४, नयाँ गाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

Gorkha

गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई ट्रकबाट ओराली एक समुहले पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताए ।चालकका अनुसार सबै समुहूले मुखमा माक्स लगाएका थिए ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो ।

Dailekh

आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ । घटनाको जिम्मेवारी कसैले भने लिएको छैन तर घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।

salyan