surkhet

बुटवलको कालिकानगरमा बम भेटियो,

surkhet

फागुन ३० ,बुटवल – बुटवल,भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगरमा बम फेला परेको छ ।बिहिबार विहान डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु भेटिएपछि सर्वसाधारण त्रसित भएका थिए ।

बम प्रहरीले निस्क्रिय गरेको प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक (डिएसपी) डिलबहादुर मल्लले जानकारी दिए । मल्लले आतंक फैलाउन हाते बम राखेको पाइएको जानकारी दिए ।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गतिविधिमाथि प्रतिबन्ध लगाएपछि देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला पेरका विप्लव नेतृत्वको नेकपाका गतिबिधिमाथि रोक लगाउने निर्णयसंगै ठाँउठाँउमा शंकास्पद बस्तु भेटिएका छन्।

Dailekh

बन्दले  सार्बजनिक यातायात,कलकारखाना,स्कुल,कलेज,व्यापार–व्यवसाय ठप्प छन् । बुटवल, भैरहवा, पाल्पा, अर्घाखाची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात चलेका छैनन् । विप्लवको बन्दले देशभर प्रभाव परेको छ ।

Gorkha

यो पनि पढ्नुहोस ,,

यसैबीच, हेटौंडाको औद्योगिक क्षेत्रनजिक भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

शंकास्पद वस्तु भेटिएको सूचना पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले डेटोनेटरको सहायताले शंकास्पद वस्तु निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ ।

salyan