प्रचण्ड भन्छन यो २०७५ हो दोश्रो प्रचण्ड बन्न नखोज्दा हुन्छ ,,
फागुन ३० , काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई कटाक्ष गर्दै यो २०५२ साल होइन २०७५ साल हो। मेरो नक्कल नगर्न आग्रह गरेका छन् ।
वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा बिहीबार आयोजना गरको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् ।
संगै लडेका साथीहरु सरकारमा छन् यो कुरा हेक्का राख्नुस ,भन्दै प्रचण्डले आगाडी भने ,म पनि प्रचण्ड बन्छु भनेको थिएन। जनताको लागि लड्दा लड्दै जनताले मलाई प्रचण्ड बनाए प्रचण्ड बन्न सजिलो छैन । मेरो नक्कल नगरेर नया ढंगले आउदा सफल हुने उनको प्रतिक्रिया थियो।

अरुको देखा सिखी गर्दा यसको परिणाम दुर्भाग्य हुनसक्छ हिजोसँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइनुट समेत भएको मलाई सूचना आएको छ ।
प्रचण्डले अगाडि बोल्दै भने मैले हिजोका सबै साथीहरुलाई यो सल्हा दिएको छु राम्रो बाटोमा लाग्नुस् । जनताको विश्वास र समर्थन कामय गर्ने चुनौति नेकपासँग रहेको भन्दै उनले क्रान्तिका उकालीओराली पार गर्न दृढ भएर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।
आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे ।
प्रचण्डले दशवर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण संघर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको पनि बताए ।
प्रचण्डले भावुक हुँदै सहिद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्ने र वीर सपुतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफु विश्वस्त रहेको जनाए । सरकारले अहिले विप्लवका कार्यकर्ता ठाँउ ठाँउमा समाउदा आफुलाई माया लागेको समेत बताए।