६ प्रहरीलाई धरौटीमा छोड्न आदेश, निर्मला हत्या प्रकरण :

फागुन,३०, कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्टमा ५ र यातनामा ४ लाख गरी ९ लाख धरौटी मागिएको छ ।

यस्तै, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको छ ।

lekbesi

निर्मलाकी आमा दूर्गादेवी र अनुसन्धानका क्रममा पक्राउ परेका दिलिपसिंहका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा कञ्चनपुरकी तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । तर, विष्ट र डीएसपी अंगुर जिसी फरार छन् भने ६ जना पक्राउ परेका थिए ।

अदालतमा मुद्दा चलिरहेकै बेला दूर्गादेवीले निवेदन फिर्ताका लागि आवेदन दिएकी थिइन् । गत सुन १० गते १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुको साथै प्रमाण नष्ट गरेको सरकारी छानबिन समितिले औंल्याइएको थियो ।