दाल भात तरकारी तरकारीमा मुला ,,

चलचित्र दाल भात तरकारीले ऐजन गीत सार्वजानिक गीत गरेको छ। यो चलचित्रको दोश्रो गीत हो शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजन गर्दै चलचित्रको शीर्ष गीत रिलिज गरिएको हो ।

सार्वजनिक ‘दाल भात तरकारी’ बोलको गीतमा शम्भुजीत बस्कोटाको संगीत रहेको छ । हरिवंश आचार्यले लेखेको उक्त गीतमा राजेश पायल राई र स्मिता दाहालकको स्वर रहेको छ ।

गीतमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा फिचरिङ छन् । भिडियोमा पुष्प र आँचलले निकै राम्रो नृत्य गरेका छन् ।

lekbesi

रमाइलो तरिकामा प्रस्तुत गरिएको भिडियोमा हरिवंश र निरुताकमेडी तरिकाले रमाईलो पारामा प्रस्तुत भएका छन् ।चलचित्रमा मदनकृष्ण श्रेष्ठ, पि्रयंका कार्की, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाललगायतको अभिनय रहेको छ ।

सुदन केसीको निर्देशनमा बनेको यस चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा प्रविण सिंहको करियोग्राफी छ मह संचार’को व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी वैशाख २० गतेबाट रिलिज हुने छ।