suekhet
bheriad

पोखरामा प्याराग्लाइडिङ दुर्घटना ,,

lekabesi

चैत, ५ पोखरा – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा २ विदेशी नागरिक घाइते भएका छन् ।उनीहरुको मंगलबार ल्यान्डिङका क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा रसियन चालक एलेक्स वक्रिएन र चिनियाँ ७ वर्षीय बालक याङ गुङ रहेका छन् ।

सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा अवतरणका क्रममा दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । उनीहरुको अहिले मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पोखरामा अघिल्लो महिनामा पनि प्याराग्लाइडिङ गर्दा दुर्घटनामा परि २ जनाको मृतु भएको थियो भने अन्य २ जना घाईते भएका थिय।