suekhet
bheriad

उच्च नेताहरुको लागि अमेरिकामा जारि हुने सर्कुलर प्रचण्डमा पनि जारि ,,

lekabesi

चैत ५ ,अमेरिका – कुनैपनि राजनीतिक उच्च लेवलका नेता अमेरिकामा भ्रमणमा निस्किएलगत्तै लागु गरिने नो इन्भेष्टिगेशन सर्कुलर नेकपाका अध्यक्ष प्रचण्डमा पनि लागि गरिएको छ ।

अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउनका लागि बाटो खोल्ने गर्दछ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड अमेरिका भ्रमणमा निस्किएलगत्तै संयुक्त राज्य अमेरिकाले नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको हो ।

अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वहरुका लागि पनि यो सर्कुलर जारी गरेको थियो ।

पुर्वप्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको उपचारको लागि अमेरिका पुगेका छन् । यस अघिपनि अमेरिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी लगायतको भ्रमणका क्रममा नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको थियो ।

अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डीबेरीले उनको निवासमै पुगेर भेटवार्ता गरेकी थिइन् । सो भेटवार्ताका क्रममा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको थियो ।