suekhet
bheriad

आज हिमाली र पहाडी जिल्लामा होलि खेलिने भोलि तराईमा ,,

lekabesi

चैत,६ काठमाडौं – आज हिमाली र पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ ।
विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ ।

आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।

बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ । शुल्क पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि होली सुरु भएको मानिन्छ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर होली पूर्णिमाको भोलिपल्ट जलाइन्छ ।

होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको बताइन्छ ।

होलीको अवसरमा बिभिन्न संघसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेका छन् । आज र भोलि सरकारले सार्वजानिक विदादि एको छ। होलीको नाममा जताभावी लोला हान्नेलाई भने प्रहरीले कारवाही गर्ने सुचना जारि गरेको छ ।होलीको अवसरमा ७७ वटै जिल्लामा प्रहरीले सक्रियता जनाएको छ।