कोरियन भाषा परीक्षाको शुल्क अनलाइनबाटै बुझाउन सकिने ,,

चैत ८ ,काठमाडौँ – (इपिएस) शाखाले कोरियाको भाषा परीक्षाको आवेदन र शुल्क अनलाइनबाटै बुझाउने व्यवस्था गरेको छ । शुल्क र आवेदन अनलाईनबाट भरिने भएपनि परिक्षार्थिको बैंकमा भिड लाग्ने गरेको छ ।

इपिएसले ८ गते बाट १७ गते सम्म आवेदन खुल्ला गरेको हो । जेठ २५ र २६ गते हुन गइरहेको भाषा परीक्षाको लागि रोजगार अनुमति प्रणाली इपिएसले भाषा परीक्षाको आवेदनको आवहान गरेको छ ।

भाषा परिक्षा लीईरहेका परिक्षार्थि हरुले नजिकैको ग्लोबल आईएम ई बैंक आइएमई पे र इ-सेवामार्फत शुल्क बुझाउने व्यवस्था गरिएको इपिएस शाखाका प्रमुख कृष्ण खनालले बताए।

परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ। गत वर्षसम्म ग्लोबल आईएमई बैंकबाट मात्र शुल्क तिर्ने व्यवस्था भयको हुनाले यो विद्यार्थीको बाक्लो भिंड हुने गर्दथ्यो।

यो वर्ष तेस्तो कस्टकर नहोस भनेर अनलाईन बाट आवेदन भर्ने व्यवस्था गरिएता पनि बिहानै बाट ग्लोबल बैंकका शाखा कार्यालहरुमा युवाहरुको भीड लागेको छ।फाराम र शुल्क बुझाउनको लागि लाइन बस्न जरुरी नभएको खनाल बताउ छन्।

सन् २०१९ को लागि १० हजार ५० जनाको कोटा छुटाइएको छ। उत्पादनतर्फ ७ हजार ५० र कृषि क्षेत्रतर्फ ३ हजार जनाको कोटा छुट्टाइएको हो। परिक्षामा सहभागी हुनेले एउटा क्षेत्र रोज्नुपर्नेछ। यो परीक्षामा २०३६ चैत १० गतेदेखि २०५७ चैत ९ गतेभित्र जन्मिएका नेपालीले दरखास्त दिन पाउनेछन्।

उम्मेदवारले आफूलाई पायक पर्ने परीक्षा केन्द्र रोज्नुपर्नेछ। पोखरा केन्द्रको लागि भने १२ हजार जनाले मात्रै आवेदन दिन पाउनेछ। त्यसको लागि पोखराले फस्ट कम फस्ट सर्भिसको व्यवस्था लागू गरेको हो।

भाषा परीक्षा र सीप परीक्षणमा उर्तीण भएकाले मात्रै रोजगारको लागि आवेदन दिन पाउने छन्। भाषा परीक्षामा उर्तीण भएकाले सीप परिक्षणमा सहभागी हुन पाउनेछन्। प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि अहिलेसम्म ५० हजार बढीले आवेदन दिएका छन् ।