२०८० पछि सुरुङ युग सुरु हुन्छ प्रधानमन्त्री ओली ,,

चैत,८ बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल नारायणगढ सडक ४ लेनको बन्ने भएको छ । दुईलेनमा रहेको सडक विसं २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेका थिय ।

उक्त सडक ५७ वर्षपछी फराकिलो पर्नेकामको लागि प्रधानमन्त्री केपी ओलीले शुक्रबार बुटवलबाट शिलान्यास गरेका छन् ।ओलीले २०८० देखि ८५ सालको समय सुरुङ मार्गको युग हुने बताएका छन् ।

१७ अर्ब रूपैयाँको लागतमा बन्ने सडकका लागि एशियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी थप रकम नेपाल सरकारकै हुनेछ । शिलान्यासपछि प्रधानमन्त्री ओलीले देश तीब्र बिकासको गतिमा अघि बढेको बताए ।

मिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार हुनेछ । १ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि संगै हुनेछ ।

चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको सडक विभाग आयोजना निर्देशनालय उपआयोजना निर्देशक सागर पौडेलले बताए । सडक एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्न लागेको हो ।

‘सडक निर्माणको अवधि साढे ३ वर्ष तोकिएको छ । सडकको दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सन बनाउनेछ ।बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करिब तीन घण्टा लाग्छ ।

उक्त सडकको स्तरोन्नति गरेर चार लेन बनेपछि १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै पार गर्न सकिनेछ  । साथै प्रधानमन्त्री ओलीले विकासको गति बढिरहेको बेला प्रतिपक्षि दल घरमा बसेर कुरा काट्ने गरेको पनि बताउछन। ,कार्यक्रममा बोल्दै नेकापाका महासचिव बिष्णु पौडेलले समग्र विकास हुँदा सबैले सघाउन पर्ने जानकारी गरे ।

साथै प्रधानमन्त्री ओलीले आफ्नो देश विकास गर्नलाई कसैको सहयोग आवस्यक नपर्ने बताएका छन् देशमा विकास हुनलाई अन्य देशको सहयोग नचाहिने र आफ्नै देशको प्राकृतिक , जलश्रोत र आय श्रोतबाट देश विकास निर्माण गर्ने ओलीको तर्क छ ।