surkhet

विप्लव नेतृत्वको नेकपालाई मोहन वैद्यले साथ दिने भन्दै विज्ञप्ति जारि ,,

surkhet

चैत ९ ,काठमाडौं – नेकपाको नेतृत्व नेत्र विक्रम चन्द विप्लवलाई मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) ले साथ् दिने भएको छ।

विप्लव नेतृत्वलाई सरकारले प्रतिबन्ध लगाएपछि नेकपा भित्रपनि केहि नेताहरु असन्तुस्ट छन्। प्रतिपक्षिय दल नेपालि कांग्रेसका नेता रामचन्द्र पौडेलपनि सरकारले लगाएको प्रतिबन्ध फिर्ता लिनमाग गरेको छ ।

सरकारले भने विप्लवका कार्यकर्ता पक्राउ गर्ने भन्दै गाँउ,गाँउमा सुरक्षा कर्मी खटाएको छ यसै क्रममा विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीलाई गिरफ्तार गरिएकोमा आपत्ति जनाएको छ ।

Dailekh
Gorkha

शनिबार साँझ वैद्यद्वारा जारी विज्ञप्तिमा सरकारले हालै वलीसहित आठ जनालाई गिरफ्तार गरिएको र यातना दिने क्रम बढ्दै गएको सरकारको यो फाँसीवादी व्यवहार निन्दनीय रहेको उल्लेख गरिएको छ ।

साथै सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता गर्नुपर्ने र सो समूहप्रति राजनीति व्यवहार गरेर समस्याको समाधान समेत आग्रह गरेको छ ।

समस्याको समाधान प्रशासनिक रुपमा नभई वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ । जारि विज्ञप्तिमा उल्लेख छ।

salyan