एसईई परीक्षामा सांसद देखि नायिका सहभागी ,,
चैत १० काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा सांसद देखि नायिका सहभागी भएका छन् । नेकपाकी सचेतक सान्ता चौधरी ३८ वर्षको उमेरमा सेन्टर मावि तुल्सीपुर केन्द्रबाट परीक्षा दिँदै छिन् ।
भने नायिका करिश्मा मानन्धर ४५ वर्षको उमेरमा काठमाडौँको मैतीदेवीस्थित त्रिवेणी माविबाट सहभागी छिन । एसईई परीक्षामा सहभागी हुँदै गरेकी करिश्मालाई नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएका छन् ।
देशभरबाट आज बिहान ८ बजे देखि ४ लाख ७५ हजार परिक्षार्थिले एसईई परिक्षा दिदै छन् तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।