प्रमुख निर्वाचन आयुक्त यादव निर्वाचन आयोगबाट अवकास ,
चैत १० ,काठमाडौं- प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले आइतबारबाट अवकाश पाएका छन् । यादव २०६३ सालबाट हालसम्म २ वटा कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका हुन्। ,कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई यादवलाई गरिएको छ ।
विदाई समारोहमा अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिना भित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिए ।
उनले लोकतन्त्रको सवलीकरणका लागि इमान्दारिताका साथ आफ्नो सवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैं सफल हुने विश्वास पनि व्यक्त गरे ।
निर्वाचन आयोगको नेतृत्वको रुपमा सफल भएका यादवको पहिलो भन्दा दोस्रो कार्यकाललाई सफल मानिन्छ । यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्नेछिन् । यादवले अहिले सम्म गरेको कार्यलाई सरकारले उच्च मुल्यांकनमा राखेको छ ।
अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरे ।
आम निर्वाचन लगायतका सबै निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न निर्वाचन कानुनमै निर्वाचनको मितिसहितको कार्यतालिका तय हुनुपर्ने उनको तर्क छ । यादवले विभिन्न तहका लागि गर्नुपर्ने उपनिर्वाचनको काममा पनि ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।