माछापुच्र्छे बैंक लिमिटेडले ग्राहक लाई दियो सि–आस्बा सुबिधा ,,
रंग दर्पण ११ फागुन, काठमाडौं । माछापुच्र्छे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई केन्द्रीत गरेर सम्पूर्ण शाखाबाट सी–आस्बा रजिष्ट्रेसन नम्बर लिने व्यवस्था मिलाएको छ । शुक्रबार देखि धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सी–आस्बा प्रणाली मार्फत आवेदन दिनपर्ने ब्यवस्था भएकाले बैंकले यस्तो सेवा सुरु गरेको हो ।
अब बैंकका ग्राहकले कुनै पनि शाखाबाट सी–आस्बा रजिष्ट्रेसन नम्बर लिएर यस प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्छन् ।
ग्राहकले सेयर अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ लिमिटेडद्वारा प्रदान गरिएको मेरो सेयर सेवा आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमागई उक्त सेवा लिन समेत अनुरोध गराएको छ ।
साथै, यस बैंकको सम्पूर्ण शाखाहरु मार्फत डिम्याट खाता खोल्न सकिने र मेरो सेयरमा पनि दर्ता गर्न सकिने तथा शून्य मौजदातमै बचत खाता खोल्न सकिने व्यवस्था समेत रहेको व्यहोरा जानकारी गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।