बल्छी धुर्बे र राजु मास्टरले अब मेरी बास्सैमा काम नगर्ने ,,

चैत १० , काठमान्डौ – चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे र राजु मास्टरले अब देखि हास्य टेलिशृंखला मेरी बास्सैमा काम नगर्ने भएका छन्  ।मेरी बास्सै मिडिया हबसंग विभिन्न कुरामा सहमति हुन नसक्दा उनीहरुले मेरी बास्सै छोडेको जानकारी गरेका छन्  ।

मेरी बास्सैमा यो भन्दा पहिलेनै केदार धिमिरे(माग्ने बुढा ) तथा सिताराम कटेल(धुर्मुस) ले छोडिसकेका छन् माग्ने बुढा र धुर्मुस टाढा भएपछि बल्छी धुर्बे र राजु मास्टर दुबैले निर्देशन गर्दै आएका थिय  ।

मेरी बास्सै बाट टाढा भएपनि दर्शकको मायालाई स्वीकार्दै पुन: अर्को यस्तै हास्य कार्यक्रम ल्याउने जानकारी गरेका छन् ।मिडिया हबले आफुहरुमा नराम्रो व्यवहार देखाएको भन्दै बल्छी धुर्बे र राजु मास्टरले ठुलो गुनासो गरेका छन् ।यो विषयमा बल्छी धुर्बेले आफ्नो सामाजिक संजालमा यस्तो पोस्ट गरेका छन्।

lekbesi

एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलायर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर हजुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ। 
प्रसङ्ग मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे(माग्ने बुढा )तथा सिताराम कटेल(धुर्मुस) ले छोडेपछि हामी द्वाय राजु मास्टर र मेरो कथामा हामी आफैले निर्देशन गर्दै आयको मेरी बास्सै मिडिया हबसंग विभित कुरामा सहमती हुन नसक्दा आजको मीतीबाट हामील मेरी बास्सै बाट अलग भयका छौँ। यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गयको असर प्रति क्षमाप्रार्थी छौँ।
हाम्रा दर्सकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाडाे भन्दा चाडाे यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरु माझ आउने छौँ। र सधै यस्तै मायाको अपेक्षा गर्नेछौ। धन्नेबाद
बल्छी/राजु।