सिन्धुपाल्चोकमा विस्फोट चार जनाको मृतु ,

चैत ११ , काठमान्डौ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित सिल्डुङ निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।

विस्फोटमा परि हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिश्रीको ज्यान गएको प्रहरीले जनाएको छ।

उनीहरु भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनाका मजुदुर हुन् ।अनुसन्धानका क्रममा ग्याँस विस्फोट भनेपनि ग्यास सिलिण्डर नभएर सुरूङ बिस्फोट गराउन राखिएको बिस्फोटक पदार्थ पड्किएको हुनेसक्ने स्थानिय बताउछन।

lekbesi

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जानकारी गरेका छन्।