नेपालि चलचित्रमा गीत संगीत चोर्नेको बिगबिगी ,रोमियोले, संगीत चोर्दा गरियो आवाज बन्द ,,

चलचित्र रोमियोलाई अर्काको संगीत चोरेको आरोप लागेको छ। यो चलचित्र अहिले हलमा प्रदर्शनको क्रममा छ । हलमा दर्शक हेर्न गए तर सन्तुस्ट भएनन किन कि चलचित्र हेर्दै जाँदा बीचमा संगीतनै छैन।

जसले गर्दा दर्शकलाई खल्लो महसुस भयो चलचित्रमा के खराबी भयको हो भन्दा चलचित्रका निर्माता तथा नायक हसनाराज खानले दुबइबाट एउटा स्टाटस लेख्दै यस्तो भने ।

पाश्र्व संगीत दिएका एलिस कार्कीले विभिन्न चलचित्रको म्यूजिकबाट चोरेर यस्तो काम गरेको आरोप लगाएका छन् । उनले, विभिन्न चलचित्रको संगीत चोरेर हालेकाले कपी राइटका कारण पाश्र्व संगीत उडेको हसनको भनाई छ ।

यसरी अरुको सामाग्री चोरेर राख्दा सिनेमाप्रति नै गद्दारी भएको आरोप एलिसमाथि लगाएका छन् । हसनले लगाएको आरोपमा आफ्नो प्रतिक्रिया दिदै एलिसले भने–‘हो, मैले २ रिल यसो गरेको हुँ ।

मैले चलचित्रको पारिश्रमिक नै नपाएपछि अन्तिममा यस्तो गर्न वाध्य भएको हुँ ।’ एलिसले अगाडि भने ,उहाँसँग मेरो ७० हजार लिन बाँकी छ । अन्य प्राविधिकहरुको पनि धेरै पैसा लिन बाँकी छ ।

बारम्बार पैसा माग्दा उहाँले बरु नराम्रो व्यवहार गर्नुभयो । मैले पारिश्रमिक नै नपाएपछि के गर्ने भनेर यसो गरेको हुँ ।एलिसले हसनले आफूलाई पैसा दिन्छु भनेर बोलाएर नराम्रो व्यवहार गरेको समेत आरोप लगाए।चलचित्रमा निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर, हसनराजा खान लगायतले अभिनय गरेका छन्।