एक साताभित्र कामदार मलेसीया जान पाउने ,,

चैत,१२ काठमाडौं – नेपालि युवाहरुको लागि सरकारले एक साताभित्र मलेसीयाको लागि रोजगार खोल्ने जानकारी गरेको छ ।श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार एक साताभित्रै कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन तयारी थालिएको छ ।

१० महिना अगाडी बाट नेपालि कामदार मलेसिया जानबाट वन्चित छन् ।म्यानपावर व्यवसायीले मनमानी ढंगले कामदारबाट रकम असुल्ने गरेको भन्दै गत जेठ १२ गते बाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो ।

सरकारले म्यानपावरबाट संकलन गरेको सुची अनुसार ७ हजार नेपालिको कलिङ भिसा आएको छ विभिन्न विचौ‘मलेसियासँग भएको श्रम समझदारीको मर्म अनुरुप हामीले कलिङ भिसा आएकालाई जान दिन सुरु गदैछौं’ मन्त्रालयका एक अधिकारीले भने,।

lekbesi

’अब कलिङ भिसा प्राप्त भएकाहरुलाई रोक्दैनौं ।अब पहिलो चरणमा ती कलिङ भिसा आएका कामदारलाई पठाएर मलेसियामा खोल्ने तयारीमा सरकार जुटेको हो । अब संस्थागततर्फबाट भिसा आइसकेकाहरु पनि मलेसिया उड्न पाउनेछन् ।

लिया संयन्त्रमार्फत कामदारलाई सिन्डिकेट लादेर ठगी भएको भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले ठगी गर्नेमाथि कारवाही चलाएका थिए ।हाल अदालतमा ठगीको मुद्दा विचाराधीन अवस्थामा छ ।

यही बीचमा कामदारले मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नुनपर्ने लागेको सबै शुल्क रोजगारदाताले बेहोर्ने गरी दुई देशबीच श्रम समझदारी भएको थियो । यो प्रक्रिया पछि केहि समय भित्र नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ । ‘

मलेसियन सरकारको केही महत्वपूर्ण निर्णयको प्रतिक्षामा हामी छौं,’ मन्त्रालयका एक ब्याक्ति बताउछन ।मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेकाले अब केही दिनमै कामदारको स्वास्थ्य जाँचमा योग्य अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत हुन सरकारले सूचना जारी गर्ने तयारी गरेको छ ।

 

यसअघि मलेसियाले ३९ वटा स्वास्थ्य संस्थालाई मात्रै कामदारको स्वासथ्य परीक्ष्ण गर्न सक्ने गरी तोकेको थियो । अब भने मापदण्ड पुरा गर्ने सरकारी स्वास्थ्य संस्थासहित सबैले यसमा दावेदारी राख्न पाउनेछन् ।

यसबाट स्वासथ्य परीक्षणमा विगतमा रहेको सिन्डिकेट पनि सकिने दावी श्रम मन्त्रालयको छ । मलेसियाले निकट भविष्यमा नै कामदार आपूर्तिको विधि र प्रक्रियाबारे नयाँ नीति लिन लागेकाले श्रम समझदारीको मर्ममै रहेर नयाँ कामदार जान पाउने मन्त्रालयले जानकारी गरेको छ ।

श्रम मन्त्रि गोकर्ण बिस्टले नेपालि कामदार फ्री भिजा फ्री टिकेटमा मलेसिया जान पाउनुपर्छ भन्दै मलेसीयाको लागि श्रम सम्झौता रोकेका थिए ।यस्तो कार्य प्रति उनि जनताको लागि आलोचित भय र म्यानपावर व्यवसायी पनि असन्तुस्ट छन् ।