suekhet
bheriad

पूर्वमन्त्री साहसहित ७ जनालाई जन्मकैद यो थियो कसुर ,,

lekabesi

चैत,१४ जनकपुरधाम – पूर्वमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र राजन मुक्ति भन्ने रन्जित साहलाई जन्म कैदको सजाय सुनाएको हो ।

उनिहरुले २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरमा गराएको बम विस्फोबाट पाँच जनाको ज्यान गएको थियो । मिथिला राज्य संघर्ष समितिले जनकपुरको रमानन्द चोकमा धर्ना दिएका बेला बम विस्फोट भएको थियो ।

धर्ना स्थलमे भएको विस्फोटमा रंङ्गकर्मी रञ्जु झा, मैथिलीकर्मी झगरु मण्डल, दीपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो ।

यस्तै ओमप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र दीपेन्द्र झालाई पनि जन्मकैदको सजाय भएको छ ।ओमप्रकाश यादवलाई १० वर्ष कैद सजाय भएको छ ।

सुनिलकुमार पाण्डेले भने सफाइ पाएका छन् ।प्रतिवादीहरु जितेन्द्रकुमार कर्ण, आदित्य देब, नारायण भन्ने उमेश यादव र फुलकुमार यादव भने फरार छन् । उनीहरुको हकमा पछि फैसला हुने अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।