स्वदेश फिर्ता भयपछि प्रचण्डले भने अमेरिकामा रहेर हाम्रा नेपालिले नेपालप्रति नकारात्मक टिप्पणी गर्दा रैछन ,,
चैत १४ ,काठमान्डौ – नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्ड अमेरिका बाट आज स्वदेश फिर्ता भएका छन् ।पत्नी सिता दाहालको उपचार गर्न अमेरिका पुगेका प्रचण्ड आज नेपाल फर्कीएका हुन् ।
,उपचार गर्न पुगेका दाहाल प्रचण्ड राजनीतिक भेटघाटमा पनि सरिग भएका थिय ।अमेरिकामा रहँदा आफूले पूर्व राजदूत, एसिया हेर्ने मुख्यमन्त्रीसँग भेटघाट गरेको र दुवै भेटघाट फलदायी रहेको प्रचण्डको जानकारी गरे ।
यी भेटबाट आफूले अमेरिकाले नेपाललाई कुनै अफ्ट्यारोमा पार्ने मनासय नरहेको पाएको प्रचण्डको भनाइ थियो । साथै अमेरिकामा नेपालिहरु रहेर नेपालको बारेमा नराम्रो सोच्ने गरेको पनि बताए अमेरिकामा रहेका केही नेपालीहरुमा नेपालबाट नेता, प्रधानमन्त्री राष्ट्रपति जाँदा नकारात्मक सन्देश फैलाउन उद्त रहेको भन्दै क्रमशः तिनीहरु कमजोर हुँदै गएको बताए ।
प्रचण्डले आफूबिरुद्ध अमेरिकाको मेरिल्याण्ड राज्यको एक अदालतमा उजुरी परे पनि कुनै अप्रिय घटना नभएको र आफू उक्त राज्यको संसद र सिनेटमै पुगेर त्यो भ्रम चिर्न सफल भएको दावी गरे । प्रचण्ड पत्नी सिता दाहाल पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित रहेकी छिन् ।
अमेरिकास्थित जर्ज टाउन हस्पिटल र जोन हकिन्स अस्पतालमा सो रोगको उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएको प्रचण्डले जानकारी दिए । प्रचण्ड आफु अमेरिका गएपछि पार्टी एकताको काम रोकिएको र त्यो काम अब छिटै उपलब्धिमुलक हुने जानकारी गरे ।
सीताको उपचार सकेर स्वदेश फर्केपछि विमानस्थलमा प्रचण्डले भ्रमणका बेला तिब्बत र उत्तर कोरियाको विषयमा अमेरिकी चासो देखिएपछि भेनुजेयला प्रकरणमा चाहिँ कुनै कुरा नभएको बताए ।प्रचण्ड अमेरिका पुगेपछि अमेरिका सरकारले भीआईपीलाई दिने सम्मान समेत दिएको थियो।