उपचार पछि सिता दाहालमा केहि सुधार ,,

चैत १४ , काठमान्डौ – गत चैत ३ गते उपचारको लागि अमेरिका पुगेकी प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा केहि सुधार आयको प्रचण्डले बताए।

काठमाडौं आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकामा गरिएको उपचारबाट पत्नी सीताको स्वास्थ्यमा केही सुधार देखिन थालेको जानकारी दिए ।

सिता दाहाल पार्किन्सनजस्तो देखिने एक जटिल रोगबाट पीडित छिन् । यसलाई प्रोगेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । अमेरिकामा पीएसपी उपचारको नयाँ प्रविधि र वैज्ञानिक अनुसन्धान भइरहेको अस्पतालमै सीतालाई उपचारका लागि लगिएको प्रचण्डले बताए ।

यो भन्दापहिले पनि सिता दाहाललाई उपचारको लागि सिङ्गापुर् लगीएको थियो उनलाई तेहा सन्चो नभएपछि अहिले अमेरिकाको जोन हकिंग्स, जर्जटाउन र बर्बिघंम अस्पतालमा सीताको स्वास्थ्य जाँच गराइएको थियो ।

अमेरिकामा डाक्टर र पीएसपीबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरुलेपनि सिंगापुरमा गरेकै उपचार सही भएको जानकारी गरेका थिय। अहिले सिता दाहाललाई तिन महिना सम्म शरीरमा लगाउने मलम दिईएको छ ।

जसले गर्दा उनीमाथि मेमोरी र मुभमेन्टलाई सकारात्मक गर्ने डाक्टरको सल्हा छ। प्रचण्ड सिता ,छोरी गंगासहितको टोली आज अमेरिका बाट स्वदेश फर्कीएका हुन्।