डाक्टरले आफ्नै श्रीमतीलाई निर्घात कुट्दा ज्यान गयो ,,

चैत, १५ वीरगञ्ज – डाक्टरले आफ्नै श्रीमतीलाई कुटेर गम्भिर घाइते भएकी महिलाको उपचारका क्रममा निधन भएको छ ।वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जकी ४५ बर्षीया सुनीता यादवको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।
सुनीता नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवको जेठी श्रीमती हुन् । उनलाई यादवले निर्घात कुटपीट गरेको आरोप माइती पक्षको छ ।‘
डा. एसएन यादवले आइरन तताएर डाम्नुको साथै निर्घात कुटपीट गरेको जानकारी छ । उनी र उनको परिवारका सदस्य विरुद्ध उजुरी पनि दिएका छौं । कडा कारबाही हुनुपर्छ माईतिपक्षले भन्यो ।‘अपरान्ह उनको मृत्यु भएको खबर आयको छ।‘


डा. सचितानन्द वीरगञ्जमा डा. एसएन यादव नामले परिचित छन् । चैत ६ गते बुधबार होलीको दिन राति डा. यादवले वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जमा सुनितालाई निर्घात कुटपिट गरेको दाबी माइती पक्षले गरेका छन् ।
बिहीबार उनलाई अचेत अवस्थामा उद्दार गरेर उपचारका लागि गण्डक अस्पतालमा पुर्याइएको थियो । आईसीयूमा राखेर उपचार गर्दा पनि अवस्थामा सुधार नआएपछि चैत १२ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
शुक्रबार अपरान्ह उनको निधन भएयको छ । उनका श्रीमान डाक्टर यादव प्रहरी नियन्त्रणमा छन् । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा यादव नारायाणी अस्पतालको आईसीयुमा उपचाररत छन् । प्रहरीले पर्सा जिल्ला अदालतबाट पहिलोपटक पाएको तीन दिनको म्याद सकिएपछि दोस्रो पटक ७ दिनको म्याद पाएको छ ।
सुनीता यादवका माइती पक्षले डा सचितानन्द यादव, बुवा नागेन्द्र यादव, आमा आशादेवी र भाइ अचितानन्द यादवविरुद्ध चैत १२ गत नै मुद्धा दर्ता गराएका छन् ।पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले प्रहरी नियन्त्रणमै उनको उपचार भइरहेको बताए । घटनामा अरुपनि संलग्न भयको हुनाले दोषीको खोजि प्रहरीले गरिरहेको छ।‘
