एसईई परीक्षार्थी र प्रहरीबीच बारामा झडप,प्रहरीको गाडीमा आगजनी ,

चैत,१६ काठमाडौं – एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा झडप भएको छ । झडपमा दर्जन विद्यार्थी लगायत प्रहरी जवान निरु श्रेष्ठ घाईते भएका छन् ।

परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज-पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । आक्रोशमा विद्यार्थीले प्रहरीको गाडीमा ना १ झ ७१२ आगजनी गरेका छन् भने अन्य केहि सवारी साधनमाथि तोडफोड गरेका हुन्।

विद्यार्थीहरुको प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरेको छ । विद्यार्थीहरुको भिड नियन्त्रणको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबास हमाल ठकुरीले जानकारी दिए ।

साथै उनले अहिले कुनै जवाफ भने दिन मानेन अप्रेसनमा भयको हुनाले आनोदलनलाई नियन्त्रमा लिन लागिपरेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी गरे।