तिन जनामा कसलाई ग्रहमन्त्रि बनाउने भन्ने प्रचण्ड को आपति ,,

रंग दर्पण ११ फाल्गुन ,काठमाडौं- माओबादी केन्द्रमा गृह मन्त्रि कसलाई बनाउने भन्ने कुराको टुंगो लागेको छैन । यसको जिम्मा भन्ने पुष्पकमल दाहाल प्रचण्ड लाई जिम्मा छ ,उनको अगाडी ३ शिर्ष नेता अडियका छन् अरु मन्त्रालय मा कुरा मिले पनि यहि गृह मन्त्रालय को लागि होड्बाजी चलेको छ ।
काम गरेर देखाउने अन्य मन्त्रालय पनि भागमा परेको अवस्थामा गृहमन्त्री हुन विशेष गरी तीन नेताबीच तछाँडमछाड भएको छ । नेताहरु रामबहादुर थापा‘बादल’,वर्षमान पुन र जनार्दन शर्माबीच गृह हत्याउने होडबाजी चलेको छ। अनौठो संयोग भनेको गृहका लागि होडबाजी गरिरहेका यी तीनै नेता जनयुद्धका बेला माओवादी लडाकुका कमाण्डर हुन् । थापा जनयुद्धका प्रमुख सैन्य कमाण्डर थिए भने पुन: र शर्मा डेपुटी कमाण्डर थिए ।

यी तीनैजनाको नेतृत्वमा माओवादी लडाकुले सरकारी सुरक्षाकर्मीसँग भिडन्त गरेका थिए । अहिले उनीहरु नै तीनवटा सुरक्षानिकायको कमाण्ड लिन प्रतिस्पर्धा गरिरहेका छन् ।

बादलको आँखा पनि गृहमा

चितवन निवासी थापाले लामो समय रोल्पा बसेर सशस्त्र युद्ध चलाएका थिए । उनी प्रदेश ३ बाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । अर्का आकांक्षी पुन रोल्पाबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । शर्मा रुकुमबाट ठ्रलो मतान्तरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा अध्यक्षका रुपमा चर्चामा रहेका थापा‘बादल’ले माओवादीतर्फबाट गृहमन्त्रीसहित सरकारको नेतृत्व गर्ने इच्छा राखेका छन् । त्यहीकारण पनि गृहमन्त्रीको विषय पेचिलो बनेको हो ।

१० वर्षे जनयुद्धमा फौजीकाण्डको नेतृत्व गरेका थापा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहकर्मी हुन् । नेपालमै बसेर जनयुद्धमा फौजी योजना बनाइ प्रहरी चौकी, सैनिक ब्यारेक तथा जिल्ला सदरमुकाम आक्रमण प्रमुख योजनाकार थापा नै हुन् ।

उनकै फौजी काण्डमा १० वर्षसम्म सशस्त्र जनयुद्ध भएको थियो । उनले प्रमुख कमाण्डर रहेर जनयुद्ध हाँकेका थिए । उनी २०६४ सालको पहिलो संविधान सभामा चितवन-२ बाट निर्वाचित भएर रक्षामन्त्री समेत भइसकेका छन् ।

प्रचण्ड फकाउँदै वर्षमान

माओवादीका कुटनीतिक क्षमतामा दक्ष मानिने वर्षमान पुन सबैभन्दा बढी गृहमन्त्रीको लबिङमा छन् । दाहालनिकट पुनले थापालाई राष्ट्रिय सभा अध्यक्ष बनाएर गृहमन्त्री बन्ने सपना अफ्ठेरो अवस्थामा पुगेको छ। यसको कारण भने थापाले गृहमन्त्री दाबी गर्नु नै हो ।

थापालाई उपप्रधानमन्त्रीसहित अन्य मन्त्रालयमा पठाएर आफु गृहमन्त्री बन्ने लविङमा लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री नराख्ने संकेत पाएपछि उनलाई अझ अफ्ठयारो परेको हो ।

बालुवाटारमा बस्ने पुन गृहमन्त्रीकै लबिङका लागि विहानै उठेर टेनिस खेल्ने बाहानामा श्रीमती ओनसरी घर्तीलाई लिएर दाहाल निवास खुमलटार धाउने गरेका छन् ।
उनी आफु गृहमन्त्री नभए ओनसरीलाई सभामुखमा दोहोर्‍याउन लागि परेका छन् । सभामुखमा समेत कृष्णबहादुर महरा, गिरीराजमणि पोखरेल, देव गुरुङ, अग्निप्रसाद सापकोटाको समेत नाम आएपछि पुन गृहमन्त्रीको अडानमा छन् । ओनसरीले सभामुख नपाउने अवस्था देखेपछि गृहमन्त्री कुनै पनि हालतमा आफुले पाउनुपर्ने पुनको अडान छ । पुन यसअघि पनि अर्थमन्त्री भइसकेका छन् ।

जनार्दन पनि गृहको दौडमा

उर्जामन्त्री बनेपछि प्रशंसाका पात्र बनेका जर्नादन शर्माले पनि गृहमन्त्रीको दाबी गरेका छन् । शर्माले लोडसेडिङ मुक्त गराउन महत्त्वपूर्ण भूमिका खेलका थिए । उनले आमजनताबाट प्रशंसा पाएका थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्रीकालमा छोटो समय शर्मा गृहमन्त्री समेत भएका थिए । गृहमन्त्री हुँदा राम्रो भूमिका निर्वाह गरेको चर्चा चल्न थालेकोको अवस्था उनी विभागीय मन्त्री बनेका थिए ।

एमाले र माओवादी बीचको पार्टी एकिकरणमा महत्वपूर्ण भुमिका खेलका कारण शर्मा प्रधानमन्त्री ओलीको समेत रोजाईमा रहेका छन् । यति मात्र होइन स्थानीय निर्वाचनमा रुकुमका दुवै जिल्लामा अरु पार्टी क्लिन स्वीप गराउन सफल भएका कारण गृहमन्त्री लागि पार्टी उनको लविङ बलियो छ ।

तीन जनाले गृहमन्त्रीको लागि बलियो दावी गरेपछि अध्यक्ष दाहालसमेत समस्यामा परेका छन् । वरिष्ठताका हिसाबले थापाको दावी बलियो भएपनि व्यवस्थापन गर्न दाहाललाई गहे भएको छ ।

पुन गृहमन्त्री नपाए मन्त्रिपरिषदमा नै जाने बार्गेनिङ दाहालसँग गरिरहेका छन् । वरिष्ठताको हिसाबमा थापा र कार्यकुशलताका हिसाबमा शर्मा बलियो देखिएका छन् । अध्यक्षसँगको निकटताको हिसाबमा पुन बलिया छन् । दाहालसँग निकटताको हिसाबले एक नम्बरमा पुन, दुई नम्बरमा थापा र तीन नम्बरमा शर्मा छन् ।

यसबारेमा पार्टीकी प्रवक्ता पम्फा भुसालले आइतबारसम्ममा मन्त्रीको टुङ्गो लाग्ने जानकारी दिएकी छन् । ‘छलफल जारी छ,आइतबार सम्ममा टुङ्गो लाग्छ’, एनले भनिन् ।

गृहमा किन आँखा ?

गृहमन्त्रीमा यति धेरै मोह हुनुमा स्रोत साधान परिचालनदेखि सेवा सुविधा र शक्ति प्रमुख कारण हो । गृहको आकर्षण भनेकै प्रहरी परिचालन, प्रमुख जिलाल अधिकरी परिचालन, दैनिक लाखौं रुपैयाँ सुरक्षाका नाममा खर्च गर्न पाउने र आर्थिक सहायता दिने अधिकारदेखि अरू मन्त्रालयको क्षेत्राधिकार समेत हेर्न पाउने भएकाले गृहमा धेरै आँखा पर्ने गरेको छ ।