अमेरिका भ्रमणमा रहेका प्रचण्डलाई कांग्रेसले अपराधि भनेको प्रति आपति ,,

Naumule

चैत १७ , काठमान्डौ – सातारुढदल नेकापा अध्यक्ष प्रचण्डले आफु अमेरिकामा रहेको बेला अपराधि भनेर बोलेपछि आपति जनाएका छन् । अमेरिका भ्रमणको क्रममा वासिङटन डिसिस्थित नेपाली कांग्रेसको समितिले ‘प्रचण्ड अपराधी हो र हत्यारा हो यसलाई गिरफ्तार गर्नुपर्छ’ भनेर निर्णय गरेको भन्दै उनले यसबारे नेपाली कांग्रेसको ध्यानाकर्षण पनि गराएका छन् ।

रिपोर्टस क्लबको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले विकास र सम्मृद्धिको संंकल्पको अभियान विरुद्ध षडयन्त्र भएको दाबी समेत गरे ।

अहिले सम्मको उपलाब्धुमिलक राजनीति र शान्ति सम्झौता भंग गर्ने मानसिकता बोकेका वा त्यसको नेतृत्व लिने व्यक्ति माथि प्रहार गर्दा नै वर्तमान प्रक्रिया उल्टाउन सकिन्छ,भन्ने गलत धारणाको परवृति बोकेका हरुले मा प्रति अर्थात हाम्रो पार्टी गलत सोच राखेको टिप्पणी गरे ।

साथै यस्ता प्रवृति बोकेका ब्याक्ति होस् वा राजनीतिकदल बाट जनता सचेत हुन पनि प्रचण्डले आग्रह गरे साथै समृद्द नेपाल बनाउनमा सबैले जोडदिन पनि आग्रह गरेका छन् जटिल परिस्थितिबाट नेपालालाई नयाँ मोड दिएका छौ । युद्धलाई शान्तिमा परिणत गर्ने ऐतिहासिक परिघटना सम्पन्न गरेर समावेशी समानुपातिक संविधान निर्माण गरेका छौ ।

Gurvakot

यो सवै काम सहमतिका आधारमा गरेका हौ’ प्रचण्डको भनाई रहयो । निर्वाचनको समयमा तराई मधेस पहाड, हिमाल, सबैलाई एकजुट गर्न आफूले ठूलो मेहनेत गरेको भन्दै उनले एकताका लागि गरिएको प्रयास नै गलत थियो भनी प्रश्न गरे ? उनले भने, ‘के मैले शान्ति सम्झौता गर्नु अपराध थियो ?

के संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा नेतृत्व लिनु अपराध थियो ? के तराई,मधेस, हिमाल, पहाड सबैलाई जोडेर निर्वाचनको महाअभियान तर्फ देशलाई लैजाने कुरा अपराध थियो ? या अहिले हामी स्थायित्व र सम्मृद्धिको कुरा गरेका छौ ।

ती कुराहरु गलत हुन् ? राष्ट्रिय एकता र महत्त्व, नेपालले प्राप्त गरेको राजनीतिक स्थायित्व र विकासको महाअभियान कमजोर र वद्नाम पार्ने गरि या नेपालीका बीचमा कायम भएको एकता विथोल्ने प्रयास भइरहेको पनि उनले दाबी गरे । प्रचण्डले स्मरण गर्दै भने, ‘ अहिले पनि राष्ट्रिय एकताको खाँचो छ ।

तिपक्ष भएपनि राष्ट्रका प्रमुख समस्या समाधान गर्न समृद्धिको र विकासको युगका रुपमा अघि बढाउन त्यस्तै राष्ट्रिय समझदारीको खाँचो छ ।’ पार्टी र नेता विशेषको पहलमामात्रै नभई सवैको एकत्वबाट मात्रै नेपालका ठुलठुला परिवर्तन सम्भव भएका छन् प्रचण्डले राष्ट्रिय एकता, समझदारी र संकल्पपछि मात्रै सम्ृद्धिको यात्रा पुरा हुने बताए ।

Bangad kupinde