स्वतन्त्रका नाममा मिडिया आतंक भयो सञ्चारमन्त्रि बास्कोटा ,,

चैत १७ ,काठमान्डौ – सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्रतामा प्रश्न गरेका छन्। उनले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गरे ।

रिपोर्टस क्लबको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तलुना नगर्न आग्रह गरेका हुन् ।

सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिवद्धता पनि गरे । उनले भने फेसबुकमा जसरि बन्द गर्ने भन्ने कुरा आउछ त्यो गलत हो । बल्कि हामीले त यो बाट नेपालमा पैसा बचत गर्न चाहेको हो।

lekbesi

हामीले सामाजिक संजाल प्रयोग गर्दा अरबौ पैसा बाहिर गयको छ । तर दर्ता गरेर चलाउने हो भने त्यो पैसा नेपालमानै बचत हुन्छ बास्कोटाले भने ।  ‘भर्खरै सत्तारूढ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणमा के केसम्म समाचार छाप्नुभयो । आफ्नो समाचार हेरेर आफैंलाई लाज लाग्दैन ?

ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न हो । कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ ।

सधैँ यो कुरा किन उठाउनुहुन्छ ? नियमन र नियन्त्रण फरक विषय हो केहि लेखाईले गर्दा वास्तविक पत्रकारलाई मुख देखाउन समेत गारो भयो। साथै आगामी वर्षबाट समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिड विज्ञापन प्रणाली लागु हुने उद्घोष गरे ।यसको तयारी यो वर्षबाट भईरहेको समेत मन्त्रि बास्कोटाले बताए।