प्रधानमन्त्री ओली वीरगञ्जमा पुगेर घाइतेका आफन्तलाई भने नआतिनुस सरकार तपाईको साथ्मा छ ,,

Naumule

चैत १८ ,वीरगञ्जमा- प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्साको हावाहुरीबाट प्रभावित घाइतेलाई भेट गरेका छन् ।

बाराको कलैया अस्पतालमा उपचाररत घाइतेलाई भेटेर प्रधानमन्त्री ओली वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा उपचाररत विरामीलाई भेट गरेका हुन् ।

त्यहाँबाट उनी काठमाडौं फर्किने कार्यक्रम छन प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव पनि वीरगञ्ज पुगेका थिए ।

Gurvakot

हावा हुरीबाट प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओलीले हेलिकोप्टरबाट निरिक्षन गरेका हुन् घाइते र उनीहरूका आफन्तलाई धेरै नआत्तिन पनि प्रधानमन्त्रीले सम्झाएका छन् ।उनले भने सरकार तपाईको साथ्मा छ ।

विपत्तिले पारेको असर मिलेर सामना गर्ने हो,साथै प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बाराको कलैया अस्पतालबाट आफूसँगै त्यहाँ पुगेको सेनाको हेलिकप्टरमा राखेर दुईजना घाइतेहरूलाई काठमाडौं ल्याएका हुन्।

बाराका १० वर्षीय बुलम महम्मद अन्सारीलाई वीर अस्पताल र बाराकै सुनीता देव ठाकुरलाई टिचिङ अस्पताल महाराजगञ्ज पठाएको उनले बताए।

उनका अनुसार अन्सारीको स्पाइनल कर्ड भाँचिएको र ठाकुरको टाउको फुटेकाले कलैया अस्पतालमा उपचार हुन नसकेकोले काठमाडौं ल्याइएको हो।

Bangad kupinde