बारा ,पर्सामा ज्यान गुमाउने हरुप्रति हार्दिक श्रदान्जली ,,

चैत १८ ,जनकपुर – बारा र पर्सामा हिजोरातिको आँधीबेहरीबाट ज्यान गुमाउनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै जनकपुरका युवाहरुले शोक व्यक्त गर्दै चिर शान्तिको कामना गरेका छन् । आँधीहुरी बाट २७ जनाले ज्यान गुमाएका छन् भने हजारौ घाईते छन् ।

सोमबार बेलुका जानकी मन्दिरको प्राङ्गणमा यूथ एलायन्स क्लब जनकपुरले मृतकहरुको लागि श्रद्धाञ्जली कार्यक्रम आयोजन गरेका थिए। भने घाइतेहरुको लागि स्वास्थ्य लाभको कामना गरेको आत्माको चिर शान्तिको कामना गरेका थिए ।

क्लबका अध्यक्ष इजाज अन्सारी, राष्ट्रिय विद्यार्थी संघ धनुषा अध्यक्ष कमलेश यादवलगायत दर्जनौँ युवाहरुको उपस्थिति रहेको थियो । अचानक आएको हावाहुरीका कारण भएको प्राकृतिक विपद्मा सबैले आ,आफ्नो ठाउँबाट मानवीय व्यवहार प्रर्दशन गर्दै सहयोगको लागि तत्पर रहन सबैमा यादवले आग्रह गरे ।

lekbesi