Gold

हुरी प्रभावितलाई प्रदेश सरकारले प्रि-फ्याब घर बनाइदिने ,जुन घर भुकम्प रहित हुने छ,,

Naumule Migrate

चैत १९ , जनकपुर – बरा पर्सामा हावा हुरीबाट क्षतिग्रस्त घरहरु प्रदेश सरकारले बनाईदिने घोसना गरेको छ ।राहत तथा सद्दार व्यवस्थापन उच्चस्तरीय समितिको मंगलबार बसेको प्रदेश २ को बैठकले पीडितहरुको आवासबारे निर्णय गरेको हो ।

मुख्य न्यायाधिवक्ता एवं समितिका सदस्य दिपेन्द्र झाका अनुसार हाल अहिले पिडितलाई बस्नको लागि त्रिपाल, टेन्ट लगायतको अस्थायी सेल्टरहरु निर्माण गरिने छ जुन घर एकनासको प्रि–फ्याब द्दर हुने छन् ।

एकतले घर भुईतले जुन भुकम्परहितले पनि प्रयोग गर्ने गरेका छन् वर्षा हुनु चार महिना छ। तेसैले प्रदेश सरकारले यो अगाडीनै पिडितलाई घर निर्माण गर्ने घोसना गरेको छ। सहायता कक्षमा आर्थिक मामिला तथा योजना, सामाजिक विकास राज्यमन्त्रीका साथै प्रमुख विल्ला अधिकारी, सुरक्षा प्रमुख र स्थानीय जनप्रतिनिधि नै बस्नेछन् ।

बैठकले राहत विचरणलाई व्यवस्थित बनाउन सहायक कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।तोकिएका अधिकारीहरु सहायता कक्षमा नियमित रुपमा अनिर्वाय उपस्थित हुनेछन् र उनीहरुले राहत संकलन वितरणको रेकर्ड राख्नुका साथै सहजिकरण गर्नेछन् ।

साथै हुरीबाट भएको क्षतिको विवरण संकलन पनि यही टोलीले गर्नेछ ।साथै उच्चस्तरीय समितिले हावाहुरी प्रभावित बालबालिकाहरुका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालयको वार्षिक कार्यक्रमबाट मिलान गर्ने गरी करिव १५०० बालबालिकालाई ड्रेस, शैक्षिक सामाग्री र खेल समाग्री उपलब्ध गराइनेछ ।बैठकले प्रभावित जिल्लामा कार्यरत सम्पूर्ण कर्मचारीलाई अनिवार्य कार्यालयमा उपस्थित हुन सर्कुलर गर्ने निर्णय पनि गरेको छ ।

विद्यालय तथा स्वास्थ्य केन्द्रको पुनर्निर्माणमा नियमित स्वास्थ्यकर्मी परिचालन गर्ने स्वास्थ्य खानेपानी वितरण जस्ता कार्यलाई समितिले प्राथामिकता दिएर कार्य गर्ने निर्णय गरेको छ।

Naumule Badhipahiro