हावाहुरी प्रभावितलाई मुस्लिम आयोगले एक सय अस्थायी घर बनाइदिने ,,
चैत १९ , काठमान्डौ – हावाहुरीबाट प्रभावित पिडितलाई बाराको पुरैनिया र पर्साको जगन्नाथपुरमा राष्ट्रिय मुस्लिम आयोगले एक सय वटा अस्थायी घर बनाइदिने भएको छ ।
एक सय जस्ताका घर बनाउने घोषणा गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।आयोगले हावाहुरीमा परी अभिभावकसहित ४ जना परिवार गुमाएका बारा फेटा गाउँपालिका ६ का साहेब अन्सारीलाई निशुल्क पढाउने जिम्मासमेत लिएको छ ।
उनी १४ वर्षका छन् , साथै आयोगको टोलीले हावा हुरीबाट प्रभावित विभिन्न क्षेत्रको अनुगमन गरेको छ बारा पर्सामा अचनाक आएको हावा हुरीबाट २८ जनाको मृतु भयको छ। भने ६ सय भन्दा बढी घाईते छन् ।
धनजनको क्षति भयको क्षेत्रमा भने क्षति विवरण आउन बाँकी छ । पिडित भन्छन यस्तो हावा हुरी जिबनमा पहिलो पटक देखेका छौ, हावा हुरीले रौतहटमा पनि क्षति गरेको छ ।