गोरखाको अजिरकोटमा विकास र समृद्धिका निम्ति एकता कार्यक्रम सम्पन्न,,

चैत २० , काठमान्डौ – गोर्खा जिल्लाको अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारमा आज नेपाल कम्युनिस्ट पार्टी अजिरकोटले एक विशाल कार्यक्रम सम्पन्न गरेको छ।

नेकपा अजिरकोटका नेता एवम् प्रदेश सभा सदस्य दीपक देवकोटा (अनुप)को अध्यक्षता तथा नेकपा प्रवक्ता एवम् केन्द्रीय सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ (प्रकाश)को प्रमुख आतिथ्यता तथा नेता प्रेम गुरुङको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा नेताहरू विवश चिन्तन अजय, जुद्ध बिलास भन्डारी, बाबुराम देवकोटा, डा. हरि दवाडी , गुण बहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टी प्रबक्ता श्रेष्ठले समग्र मुलुक र अजिरकोटको समृद्धि र विकासका लागि सबै एकजुट हुनु पर्ने, त्यसको अन्तिम विकल्प नेकपा मात्रै भएको , अब राजनीतिक संक्रमण कालको अन्त्य भइ सकेको र पूरा पार्टी गोलबद्ध भइ सकेकोले सरकारले सबै प्रकारका युवाहरूको लागि विशेष कार्यक्रम ल्याउन लागेकोले अन्य दलमा भ्रममा परेर टासिइ रहनुले कुनै अर्थ नलाग्ने बताउदै विभिन्न दल त्याग गरि नेकपा प्रवेश गर्ने करिब १५० जना नेपाली काङ्ग्रेस लगायतका नेता तथा कार्यकर्ताहरूलाई टीका तथा खादा लगाई स्वागत गर्दै पार्टी प्रवेश गराइएको नेपाल कम्युनिस्ट पार्टी अजिरकोटका युवा नेता गणेश देवकोटाले जानकारी दिएका छन् ।

lekbesi

कार्यक्रम नेकपा अजिरकोटका सचीव सनिल परियारले सन्चालन गरेका थिए । यसैगरी काङ्ग्रेस मुच्चोकको कार्यक्रममा गत १७ गते प्रवेश गरेका भनिएका अजित तमाङ लगायतको टोलि पनि पुनः नेकपामा प्रवेश गरेको जनाइएको छ ।

उक्त कार्यक्रममा अजिरकोट गाउँ पालिकाको केन्द्रीय प्रशासन भवन सार्ने विषयमा बोल्दै नेता श्रेष्ठले नीति , नियम र कानुन विपरित कुनै पनि निकायको नाम तथा केन्द्र परिवर्तन गर्न नमिल्ने, जसको लागि आम जन भेलाबाट अनुमोदन गर्दै प्रक्रियामा लगेर टुंगोमा पुर्याउनु पर्ने जसमा एकल निर्णय कदापि मान्य नहुने भन्दै प्रदेश नम्बर ३ र ५ को उदाहरण दिएका छन् ।

गत आम निर्वाचनमा थोरै मतले पराजित भएर पनि पटक पटक जनताको घर दैलो पुग्ने नेता श्रेष्ठलाई त्यस भेगका जनताहरुले विगतदेखि नै जननेता मदन भण्डारीसग तुलना गर्ने गरेको बताउछन् ,स्थानीय होम बहादुर गुरुङ ।फोटो लेख धिरज उपरकोटी नेकपा वातावरण बम मन्त्रि स्वकीय सचिब बाट ।,,