शुक्रबार देखि देशैभर सरकारी चिकित्सकले ओपीडि सेवा बन्द गर्दै ,,

Naumule

चैत २० ,काठमाडौँ- सरकारी चिकित्सक संघको सहमति विपरित भएको भन्दै आउने शुक्रबारदेखि देशभरको ओपिडी सेवा बन्द हुने भयको छ । कर्मचारी समायोजन सूची समायोजन अध्यादेश २०७५ मा आफूहरुलाई संघ अन्तगर्त राख्नुपर्ने माग गर्दै आएको सरकारी चिकित्सक संघले सरकारसँग भएको सहमतिअनुसार नभएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

सरकारी चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने माग गर्दै आएको सरकारी चिकित्सक संघले सरकार र संघबीच भएको सहमति विपरित निर्णय भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।संघको आज भएको बृहत छलफलबाट चैत्र २२ देखि देशभरका ओपिडी सेवा बन्द गर्ने निर्णय भएको अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिएका हुन् ।

 

Gurvakot

संघले देशभरको चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने भन्दै गत पुष २२ देखि आन्दोलन सुरु गरेको थियो । सरकारसँग पटक–पटक भएको वार्तामा चिकित्सकको भनाईअनुसार समायोजन हुने आश्वासन दिइएको भएपनि अहिले समायोजन सूची भने सहमतिअनुसार नभएको भन्दै चिकित्सकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

माग सम्बोधन नभएसम्म शुक्रबारदेखि देशभरको सरकारी स्वास्थ्य संस्थाको ओपिडी सेवा गर्ने संघको निर्णय रहेको छ । सबै चिकित्सकलाई संघअन्तर्गत राखेर देशभर सेवामा खटाउनुपर्ने माग रहेको छ ।

यस्तै कर्णाली र सूदुरपश्चिम प्रदेशमा १२ देखी १५ मात्रै चिकित्सकलाई संघ अन्तर्गत राखेको र प्रदेश २ र ३ नम्बरमा संघ अन्तर्गत सयभन्दा धेरै चिकित्सक परेको भन्दै असमान समायोजन भएको भन्दै चिकित्सकहरुले विरोध गरेका छन् ।

Bangad kupinde