एसईई प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले सार्वजनिक गर्दै ,

चैत,२१ काठमाडौं – गत चैत १४ र १५ भयको एसईई परिक्षामा प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न आरोपीहरुलाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सप्तरीका डीएसपी भावेष रिमालले जानकारी दिए ।

त्यसको अध्ययन गर्न सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा किनबेच भएको पत्ता लागेको छ । १४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।

प्रश्नपत्र आउट भयपछि प्रदेश सरकारले एसईई परिक्षा स्थगीत गरेको थियो । परिक्षा स्थगीत गरेको भन्दै विद्यार्थी र प्रहरीबीच झडप समेत भयको थियो ।