हावाहुरिबाट प्रभावितलाई नयाँ शक्ति पार्टीको तर्फबाट ५ लाख सहयोग ,,

चैत २१ , काठमान्डौ – बारा र पर्सामा हावा हुरीबाट ज्यान गुमाउने हरुको परिवारलाई नँया शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले ५ लाख सहयोग गरेका छन् ।

उक्त सहयोग बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको चेक भट्टराईले बिहीबार हस्तान्तरण गरेका हुन् ।

सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुने मन्त्रीले सोनलले जानकारी दिए । गत दिनको आँधीबाट बारा र पर्सामा गरी २९ जनाको मृत्यु भएको थियो भने ६ सय भन्दा माथि घाईते छन् ।

lekbesi