suekhet
bheriad

एसईईमा प्रश्नपत्र आउट गर्ने शिक्षक सहित प्रहरी जवान सार्वजानिक ,,

lekabesi

चैत २१ ,सप्तरी- एसईई परिक्षामा प्रश्नपत्र आउट गरेको विषयमा प्रहरीले ६ जनालाई पक्राउ गरि आज सार्वजानिक गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएकाहरुको विवरण सार्वजनिक गरेको हो ।

चैत १४ गतेको विज्ञान र १५ गते सामाजिक विषयमा प्रश्नपत्र आउट भयपछि प्रदेश २ को एसईईका सम्पूर्ण परीक्षा रद्द गरिएको थियो । सीआएईवीले गरेको अनुसन्धानमा राजविराजका मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डलले प्रश्नपत्र बाहिर्याउन भूमिका खेलेको पाइएको छ ।

आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान भएको बताइएको छ । पक्राउ परेका हरुमा अनुसन्धान गरि कारबाही अगाडी बढाउने प्रहरीले जानकारी गरेको छ।