suekhet
bheriad

हावाहुरी पीडितलाई काठमाडौं महानगरपालिकाको २५ लाख सहयोग ,,

lekabesi

चैत २२ , काठमान्डौ – बारा र पर्सामा हावाहुरी पीडितका लागि काठमान्डौ महानगरपालिकाले २५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।आज बसेको महानगरपालिका बैठकले हावाहुरी पिडितलाई उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

गत आईतबार बारा र पर्सामा आयको हावाहुरी बाट २९ जनाको ज्यान गयको छ ।भने सयौ घाईते भयका छन्। हावाहुरी बाट धेरैले आवास समेत गुमाएको हुनाले राहत र उद्धारका लागि सहयोग गर्ने निर्णय गरिएको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।

महानगरपालिकाले गरेको राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उध्दार कोषमा जम्मा गरिनेछ ।यस्तै नगरकार्यपालिकाको बैठकले ४ वटा बिधेयक आउँदो आइबार बस्न लागेको नगरसभामा पेश गर्ने निर्णय गरेको छ ।

 

काठमाडौं महानगरपालिकाको सार्वजनिक–नीजी साझेदारी बिधेयक, सहरी योजना आयोगको बिधेयक, सवारी तथा सार्वजनिक यातायात व्यवस्थापन बिधेयक, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन बिधेयक छलफल र पारितका लागि नगरसभामा पेश गर्न लागिएको प्रवक्ता डंगोलले बताए ।

बैठकले नगरभित्रको एम्बुलेन्स सेवा प्रभावकारी बनाउन नेपाल एम्बुलेन्स सेवा समितिसँग सहकार्य गर्दै ५० लाख अनुदान दिने निर्णय गरेको छ ।सहमति अनुसार उक्त समितिले काठमाडौं नगरभित्र आपतकालिन अवस्थामा बिरामी लिन जाँदा एम्बुलेन्समै नर्स, आवश्यक औषधि लगायतका सेवा उपलब्ध गराउनेछ ।

यस्तै बैठकले थप ३ वटा दमकल किन्ने पनि निर्णय गरेको छ ।यस्तै जनप्रतिनिधि र कर्मचारीले पनि आफ्नो पारिश्रमिकवापतको एकदिनको तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् ।

हावाहुरी पिडितलाई विभिन्न ठाँउबाट सहयोग जुट्ने कार्य जारि छ विभिन्न संघ सस्थाले पनि लत्ता कपडा देखि खाद्यान्न वितरण गरेका छन् साथै प्रदेश सरकारले बर्षा सुरु भन्दा पहिले नै पिडितलाई अस्थाई आवास निर्माण गर्ने जानकारी गरेको छ।