सुनसरीमा गोलि चल्यो २ जना घाईते ,,

चैत २२ , सुनसरी – सुनसरीमा गोलि चल्दा दुईजना घाईते भएका छन् सुनसरीको भोक्राहास्थित भारतीय सीमा नाकामा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले गोली प्रहार गरिएको बताईएको छ ।
सीमा नाकामा भारतबाट ल्याइएको सामान चेकजाँचमा विवाद भएपछि झडप भएको सुनसरीका एसपी राजन अधिकारी बताए । भोक्रा सीमा नाकामा प्रहरी इन्चार्ज चन्द्रकुमार शाक्यमाथि हातपात भएपछि प्रहरीले गोलि चालाएको थियो ।
प्रहरी इन्चार्ज चन्द्रकुमार शाक्य हातपात बाट घाईते छन्, भने प्रहरीको गोलि बाट स्थानीय ज्याउल अन्सारी घाइते भएका छन् । एसपी अधिकारीका अनुसार दुवै घाइतेको उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
भारतको विहारमा चुनावी माहोल चलिरहेकाले त्यसलाई पनि मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको बेला स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थानीय बासिन्दाले आफूहरुमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन् भने प्रहरीले स्थानीय बासिन्दाले पेस्तोल खोसेको आरोप लगाएको छ ।
घटनास्थललाई झडप हुननदिन जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयालको टोलि तेसतर्फ पुगेको छ अहिले झडपस्थल अहिले सामान्य रहेको र झडप कसरि भयो भन्ने अनुसन्धान भईरहेको डिएसपी फुयालले जानकारी गरे।
