राप्रपाका कार्यकर्तालाई प्रहरीले यसरि कुट्यो ,,

चैत २५ , काठमान्डौ – राप्रपाका कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिदै लाठि चार्ज गरेको छ । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएको राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

राप्रपाले रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा आई कोणसभा गरेको थियो । नेताहरुको भाषण भईरहेको बेला कार्यकर्ताले सडक अवरुद्द गर्न पुगेपछि प्रहरीले रोक्न खोजेको थियो कार्यकर्ताले बल गर्न पुगेपछि प्रहरीले लाठि चार्ज गरेको थियो।

प्रदर्शनभर गाडी रोकेको प्रहरीले एकाएक सवारी आवागमन सञ्चालन गरेपछि राप्रपा अध्यक्ष कमल थापाले कार्यकर्तालाई बन्द गर्न निर्देशन दिए । लगत्तै राप्रपा कार्यकर्ताले सडक बन्द गर्न खोजेपछि झडप भएको हो । कमल थापा सहित अन्य नेता प्रहरी नियन्त्रणमा छन् भने केहि कार्यकर्ता घाईते भएका छन्।

lekbesi