‘ए मेरो हजुर ३’को सत्य भन्छु ,,

चलचित्र ‘ए मेरो हजुर ३’को सत्य भन्छु बोलको अडियो गीत सार्वजानिक भएको छ ।यो चलचित्रको चौथो गीत हो यो भन्दा अगाडी रिलिज सबै गीतले दर्शकको मन जित्न सफल भएका छन् ।

गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत छ । झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, रेअर राई लगायतको मुख्य भूमिका छ । चैत २९ गते बाट चलचित्र रिलिज हुँदै छ ।चलचित्रले दर्शकको मन जित्ने निर्माणपक्षले जानकारी गरेको छ ।

lekbesi