Simta
Gurvakot
Gurvakot

हाम्रो-हर्बो काण्डमा गोकुल श्रेष्ठ नै मुख्य जिम्वेवार पुष्पराज पुरुष ,,

चैत २९ , काठमान्डौ – लामो समयदेखि नेपाल देखि विदेशका ५३ भन्दा बढी देशमा आफ्नो संजाल व्यापार गरेको नेटवर्क हर्बो ईन्टरनेशनल कम्पनि नेपालमा बन्द भयको लामो समय भयको छ।

दैनिक जिबनमा प्रयोग हुने स्वास्थ्य सम्बन्धि सामानहरु बजारमा उत्पादक वितरण गरेको हर्बो कम्पनिलाई नेपाल सरकारले नेपालमा व्यापार गर्न रोकेपछि बन्द भयको थियो।

lekbesi

उक्त कम्पनीले हर्बो संगै हाम्रो ग्रुप अफ कम्पनि लिमिटेड पनि संचालन गरेको थियो। हर्बो कम्पनीले ल्याएको प्लान र उदेश्यलाई हेर्नेहो भने कुनैपनि हर्बोमा काम गर्ने ब्याक्तिले छिटै धनि बन्नसक्छ भन्ने थियो र यौटा संजाल थियो।

हर्बोको भिजन मिसनमा लागेका हर्बो कर्मीहरु कम्पनि बन्द भएपछि आ आफ्नो ठाँउमा फर्कीए गम्भीर प्रश्न के हो ? भने हर्बो बन्द हुनुको कारण भने कसैलाई थाहा हुन सकेन। हर्बो कम्पनिका अध्यक्ष गोकुल श्रेष्ठ र उपाअध्यक्ष पुष्पराज पुरुषले व्यवस्थापन गरेको कम्पनिमा अन्य ब्याक्तिपनि संचालकमा थिय ।

कम्पनिमा सरिग हुन ६ हजार वा २५ हजार तिरेर तेही बराबरको समान लिन मिल्थ्यो कम्पनि बन्द हुने कसैलाई जानकारी हुन पाएन ।गाँउ, गाँउमा खटिएका हर्बो कर्मीले ब्याक्तिलाई हर्बोमा सामान ल्याईदिने र एक जनाले दुई जनालाई सिफारिस गरे पैसा पनि आउने भनेपछि लागेका स्थानिएहरुले धेरैले सामान पनि लिन पाएनन ।

Simta

गाँउले जिबनमा लामा रातका ठुला सपना देख्ने गरि पैसा दिएका उनीहरुलाई यौटा कुरा मात्र थाहा छ कि कम्पनि बन्द भयो रे। तर यसको प्रश्न कम्पनिका उपाअध्यक्ष पुष्पराज पुरुषले आफै उठाएका छन् ।

केहि महिना आगाडी पुरुष हर्बोको विषयलाई लिए र हनुमान ढोकापनि पुगेका थिय। हर्बोको विषयलाई मिलाउने भन्दै उनि छुटेर आएपछि अध्यक्ष गोकुल श्रेष्ठलाई सम्पर्क गरे तर उनीहरु अहिले कोहिपनि सम्पर्कमा थिएनन।

पुष्पराज पुरुष फस्ने देखिएपछि उनले अहिले आफै संचालकलाई खोज्न थालेका छन्। हर्बो कर्मीले प्रतिव्यक्ति १ लाख जम्मा गरेर अर्बौमा खोलेको हाम्रो गुरुप कम्पनि अहिले पनि संचालनमा छ।

अध्यक्ष गोकुल श्रेष्ठ उधोगपति हुन् , भने उपाध्यक्ष पुष्पराज पुरुष अहिले सनातन धर्मको प्रचारमा छन् उनले केहि फ्लिम पनि खेलेका छन्।

हर्बोको विषयमा पुष्पराज पुरुषको लेख यस्तो छ ,,

आदरणीय हाम्रो-हर्बोकर्मी सदस्य ज्यूहरु।

हाम्रो-हर्बो काण्डमा गोकुल श्रेष्ठ नै मुख्य जिम्वेवार।

मैले जीवनको उर्भर समय नेटवर्क मार्केटिङ्मा बिताए।नेपालमा नेटवर्क मार्केटिङ्को संस्थापक अभियन्ताहरु मध्य नै म पर्ने भएकोले स्थापना काल देखि देखेको र भोगेको कुराहरु जस्ताको तस्तै सबै नेटवर्कर हरुलाई जानकारी होस् भन्ने उद्देश्य राखेर “नेटवर्क र म” नाम राखेर एउटा पुस्तक लेख्दै छु।

जस्को एक लाईन तयार भयो।तर यो तयार गर्दा र पढ्दा एक पक्षिय जस्तो हुने भयो।किताबमा आफ्नो बखान र आफ्नो दृष्टिकोण मात्र आवोस् भन्ने म सोच्दिन।मैले देखेका गलत र सहि मान्छेको भावना पनि समेटेर किताब जीवन्त बनोस् भन्ने चाहाना हो।

मैले लेखेको कुरा आरोप नहोस् भएको घटना होस् भन्ने कुरामा म सचेत छु।त्यसैले पाठकलाई भ्रममा राखेर कुनै किताब छाप्नु नछाप्नु को अर्थ छैन् । मलाई आरोप लगाउने हरुको अगाडि भएको कुरा बाहिर ल्याए पछि समाजमा पर्न गएको भ्रम पनि चिरिने छ।जसको लागि मैले मात्र एक पक्षिय रुपमा लेखेको किताबले न्याय गर्दैन् कि जस्तो अनुभूति भएर निम्न निर्णयहरु गरेको कुरा जानकारी गराउँछु।

१-“नेटवर्क र म” किताब फाईनल गर्नको लागि स्वतन्त्र पुस्तक लेखक नियुक्त गर्ने र मैले दिएका घटनाहरु छानविन गरेर सहि सत्यकुराहरु चेक जाँच गरेर सम्पादन गर्ने गराउनेछु।

२-हर्बोको स्थापना देखि हाम्रो ग्रुपको जग्गा काण्ड सम्म गोकुल श्रेष्ठ नै मुख्य कारक रहेको र गोकुल श्रेष्ट कै कारण आज सम्म अभियानले सार्थक मोड लिन नसकेकोले अब आवश्यक प्रक्रिया थालेर भए पनि गोकुल श्रेष्ट लगायत सबै सँग समस्याको समाधान खोज्ने छु।

३-जम्मा २जना ग्राहक गोल्डक्वैस्टमा बनाएकोले आन्दोलन गरेँ,५/६ हजार नेपाली ग्राहक ईफिम्याक्स बाट ठगिने देखेर हर्बो बनाएर समाधान दिएँ तर आज आँफैले संचालन गरेको हर्बो कम्पनि लथालिङ्ग छोडेर रमिता हेर्छ भन्ने सोच्नु मेरो इतिहास र मेरो भविष्य नबुझ्नेहरुको आरोप हो भन्ने निष्कर्ष निकालेको छु।

हुनत हर्बो अभियान बाट फाईदा लिनेहरुकै साथ नभए पनि म सँग भएको सम्झौता अनुरुप हर्बो र हाम्रो ग्रुप अभियान जस्ताको तस्तै संचालन होस् भन्ने चाहना राखेको छु।

४-मैले व्यवस्थापन हस्तान्तरण गरे देखिनै मलाई कुनै पनि बैठक र साधरण सभामा बोलाउन र सहकार्य गर्न ऐलेको बोर्डले नचाहेको कुरा बुझेको छु।जस्को क्षति पुरै संगठन र लगानीकर्ताले बेहोरिरहनु भएको पनि देखिरहेको छु।

तर पनि मैले सम्झौता गरे अनुरुप २वर्ष कुर्न पर्ने र नयाँ अध्यक्ष जि बि राई लाई विना अवरोध २वर्ष कम्पनि चलाउन दिनु पर्ने ,मैले छुट्टै काम गर्न नपाउने र २वर्षमा सबै समस्या समाधान हुने सहमति भएकोले मैले सो समय अवधि कुरेर पनि आफ्नो वचन पुरा गरेको छु।

अफ्टेरो अवस्थामा जि बि राईको सहयोग पाएको कारण र जिबी राई आँफैमा नयाँयुवा व्यवसाहि भएको कारण हर्बो अभियान जस्ताको तस्तै चल्छ भन्ने विश्वासमा नै मैले प्रतिक्षा गरेको थिए।साथमा मासु भात खाएर गाडी चडेर हिन्न पाए जादुनै गरेर कम्पनि फाईदामा लान्छु भनेर अनेक नकाप लाएर बसेका अन्य पुराना सदस्यहरुले पनि के कसरी व्यापार बढाएर राम्रो गर्छन भनेर पनि हेरी रहेको थिए।
तर नयाँ बोर्ड असफल हुँदा पनि मैले नै बनाएको बोर्ड भएकोले किन राम्रो नबनाएको भनेर मलाई नै प्रश्न आउने भएकोले म सफलताको प्रतिक्षामा नै थिए र छु।तर सबै नयाँ तथा पुरानो संचालकहरुको अगाडि आर्थिक कारोबार कुनै पनि तरिकाले गोकुल श्रेष्ठले मिलाउन नसके पछि हर्बो अभियान जस्ताको तस्तै उठाउन जि बि राई सँग सहकार्य भएको कुरा सबैमा छर्लंग छ।

गोकुल श्रेष्ठले अन्तिममा जग्गा दिएर हिसाब मिलाउने भए पछि सबै संचालक तथा लिडरहरुकै अगाडि भएको बेहोरा राखेर मैले साधरण सभा गरेको हो।सरासर सबै काम गोकुल श्रेष्ठको जिम्माको भएको र गोकुल श्रेष्ठ कै विश्वासमा खिमानन्द कंडेल ,लिला विक्रम पुरुष(सागर) र मैले साक्षिमा हस्ताक्षर गरेको सबैलाई जानकारी थियो।

मेरो कार्यकालमा भएको काममा समस्या भए पछि म मार्फत नै कारोबार मिलाउने गरी मलाई नै जिम्मा दिनु पर्ने र केश नै गर्नु पर्ने भए पनि म मार्फत वा मैले नेतृत्व गरेको संचालक समितिले केश गर्नु पर्नेमा हामी तिनै जना साक्षीलाई पनि फसाउने उद्देश्य भएको वर्तमान बोर्डको कानुनी कार्वाही ऐतिहासीक गल्ति भएको छ।यस्को समिक्षा गरेर सेयर धनी तथा ऐलेको संचालक समितिले गल्ति सच्याएमा राम्रो हुने सुझाव पेश गर्दछु।

५-विगत २वर्षमा पनि आवश्यक बैठक,छलफल र समस्याको समाधान ननिस्किएकोले आव्यश्यकता अनुसार समाधानको लागि निम्न प्रस्ताव राख्दछु।

जिबी राई कै नेतृत्वमा संचालक समिति पुनर्गठन गरेर समस्याको समाधान खोज्ने।
नभए
गोकुल श्रेष्ठ कै लापरवाहीको कारण अभियान बन्दक भएकोले उहाँलाई नै अध्यक्ष बनाएर नयाँ संचालक समिति बनाएर सामूहिक दवाब दिने।
अझ नभए
साधरण सभामा सबै सेसर धनी बोलाएर सबैका कुरा राखेर चुनाव मार्फत संचालक समिति चयन गरेर स्थापना काल देखिको सबै कम्पनि छानविन गरेर को कस्को कस्तो कस्तो गल्ति भएको हो बुझेर सार्थक समाधान दिने।

यो तिन वटा बाटो मध्य जुन बाटो बाट भए पनि हर्बो र हाम्रो अभियान जस्ताको तस्तै समाधान दिने कुरामा मेरो साथ र सहयोग सहकार्य हुने छ।

६-ऐलेका केही कर्मचारी वा पुराना लिडरले मेरो बारेमा भ्रम पर्ने गरी आर्थिक कारोबारको बारेमा बजारमा कुरागरेको प्रचारमा आएको रहेछ।म मान्छेको टाउको पैसामा बेच्ने मान्छे हैन।यदि अभियान बेचेर धनी हुन मन भएको भए हर्बो संस्थापक संचालक तेज बहादुर गुरुङले नसोचेको पैसा दिएर सेयर किन्छु भन्दा बेच्ने थिए।

मैले जनतालाई नै हर्बोको सिस्टमको मालिक बनाउने छु भनेर भनेको थिए र मैले नेतृत्व हस्तान्तरण गर्दा बोलेको सबै पुरा गरेर छोडेको छु।पछि अन्य संचालक हरुको गल्तिले काम बिग्रिएकोमा उनीहरुलाई नै दवाब दिएर सच्चाउनु को विकल्प छैन् ।

जहाँ सम्म आर्थिक अनेक आरोप छन् ।कस्को कति केमा लगानी छ मलाई थाहा छ र कोही पनि डुब्न हुँदैन र सबैको लगानी सुरक्षित हुनु पर्छ भन्ने कुरामा म प्रस्ट छु।अभियानको कसैले जिम्मा नलिए जिम्मा लिन पनि तयार छु। मलाई लगाईएका झुटा कारोबारको बारेमा पनि आवश्यक परे कुन कारोबार के के भएको हो र के हुनु पर्ने हो सबैको बारे सबै कारोबार सार्वजनीक अडीट गरेर संगठनको अगाडि प्रस्ट पार्न म तयार छु।किन कि मेरो ऐले सम्मको कमाई भनेको नै बोलेको कुरा पुरा गर्ने हो र अक्षरस पुरा गरेको छु र गर्छु।

७-आजसम्म हर्बो कम्पनिलाई हर्बो अभियान बुझेर नेतृत्व गर्ने मान्छे हर्बोको संगठनले नपाए पनि धैर्यता पूर्वक प्रतिक्षा गर्नु हुने सुझाव,साथ र आश्वासन दिनु हुने सबैमा आभार प्रकट गर्दछु।

अन्तमा
मैले व्यापार व्यवसाय छोडेर धर्म राजनीति गर्छु भनेको जयसंगत भन्नेहरुले व्यापार गर्न जानेनन् भनेर अनेक आरोप लागेकोले जयहर्बो भन्नेहरु संगठित हुन्छन् र चलाउछन् भने राम्रै हो भन्ने सोचेर हो।साथमा हर्बो जुन सिस्टमले बन्द गर्यो तेहि सिस्टम मार्फत अब देशमा कुनै अर्को हर्बो जस्ता कम्पनि कुनै अमुक मल्टिनेस्नल कम्पनिले बन्द गराउने योजना गर्दा सफल नहोस् भनेर दिर्घकालिन समाधानको बाटो खोजेको हो।तर अभियान राम्रो गर्नुको सट्टा मेरो गलत प्रचार गरेर तलब भत्ता पचाएर बसेका साथिहरुमा अनुरोध छ।पुराना संचालक र कम्पनिहरु त डुबाउनु भो डुबाउनु भो अब नयाँ संचालक लाई भ्रम पार्न नखोज्नुस् ।यदि सक्नु हुन्छ भने सबै मीलेर सबै संगठन अभियान चलाउनुस् र राम्रो गर्नुस् नत्र कसैले नसकेमा समाधान दिन म तयार छु।किनकि यो सबै अभियानको जन्मदाता अझै पनि जीउँदै छ भन्ने विर्सेर नबोल्नुस् ।

बाँकि आवश्यकता अनुसार क्रमश…

जयसंगत
पुष्प राज पुरुष
संस्थापक/संचालक
हर्बो/हाम्रो ग्रुप अफ कम्पनि।
२०७५/१२/२८
सम्पर्क-९८५१०२५८४७