suekhet
bheriad

अनुमतिविनानै भारतीय एयर मार्शल नेपालको विमानस्थलमा ,,

lekabesi

चैत २९ , काठमान्डौ – भारतले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारको अनुमति नलिएर भारतीय एयर मार्शल राखेको छ। नियमावली अनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर मात्र एयर मार्शल राख्न पाइने भएपनि भारतले अनुमति नलिएर एयर मार्शल राखेको हो ।

इन्डियन एयरलाइन्सले एयर मार्शल राख्न अनुमति नलिएको नागरिक उड्यन प्राधिकरणका हवाई सुरक्षा प्रमुख प्रकाश ढकालले स्वीकार गरेका छन् । , ‘इन्डियन एयरलाइन्स मात्र होइन, कुनै पनि एयरलाइन्सले गृह मन्त्रालयबाट एयर मार्शल राख्ने अनुमति लिएका छैनन्, यदी कसैले अनुमति लिएको भए त्यसको जानकारी हामीलाई आउँथ्यो जुन हालसम्म जानकारीमा आएको छैन ढकालले भने ।

भारतीय सुरक्षाकर्मीले रातीको बेला होटलमा बास बस्न पनि सरकारले अनुमति दिनुपर्छ । तर त्यस्तो अनुमति पनि नलिएको स्रोतले जनाएको छ । कुनै पनि एयरलाइन्सले इनफ्लाइट सेक्युरिटी अफिसर राख्ने अनुमति माग गर्यो र गृह मन्त्रालयले अनुमति दियो भने त्यसको जानकारी अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्राधिकारणलाई जानकारी गराउनुपर्छ ।

यो विषयमा बुझ्न खोज्दा गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी केही बोल्नै चाहेनन् । सन् १९९९ डिसेम्बर २४ मा काठमाडौँबाट इन्डियन एयरलाइन्सको जहाज अपहरणमा परेपछि भारत सरकारले विमानस्थलमा एयर मार्शल राख्न पाउनुपर्ने माग गर्दै आएको थियो ।भारतले सुरक्षा प्वाइन्ट नै खडा गरेर भारत जाने यात्रीको छुट्टै जाँच गरी व्यवस्था मिलाउन नेपाल सरकारसँग आग्रह गर्दै आइरहेको थियो ।

विमान अपहरणदेखि लिएर भारतमा हुने आतकंवादी गतिविधिहरु अधिकांश नेपालको बाटोबाट हुने गरेको ठहर भारतको दाबी छ । त्यसका लागि पनि नेपालको विमानस्थलमा भारतीय सुरक्षा जाँच हुनुपर्ने अडान भारतको रहँदै आएको थियो ।

तर विमानस्थलमै राख्न नपाउने अडानमा नेपाल थियो । अहिले नेपालीहरु भारतमा जाँदा दुईपटक सुरक्षा जाँच हुनेगरेको जानकार हरु बताउछन अतिरिक्त चेकजाँच पछिमात्र नेपालि यात्रुहरु विमानभित्र छिर्न पाउने प्रावधान गरेको यात्रुहरुले जानकारी गरे २०७३ पुसमा दिल्लीमा भएको छलफलमा भारतले एयरमार्शल राख्न पाउनुपर्ने अडान लिएको थियो ।

तर नेपालले नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ अनुसार प्रकृया पुरा गरेर आएपछि मात्र एयरमार्शल राख्न दिने जवाफ दिएको थियो । त्यही बेलादेखि भारतले गृह मन्त्रालयसँग अनुमति नै नलिइकन आफ्नो इन्डियन एयरलाइन्समा एयरमार्शल राख्दै आएको छ ।

अहिले पनि विमानस्थलमै एयरमार्शल राख्न अनुमति दिनका लागि भारतले नेपाललाई दबाब दिँदै आएको छ । विमानभित्र हतियारधारी दुईजना सादा पोशाकका सुरक्षाकर्मी हुन्छन् । उनीहरुले कसैलाई चेक जाँच नगरेपनि सम्पूर्ण यात्रीमाथि निगरानी राखेका हुन्छन् ।

उनीहरु विमानस्थलबाट तल झर्दैनन् । यदि रात्रीकालिन बास बस्नु पर्यो भने विमानस्थल भित्रका सुरक्षा निकायमा आफ्नो हतियार राखेर होटलमा बास बस्न जान्छन् ।यसअघि, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा पनि एयर मार्शलको प्रशंग उठेको थियो ।

सो छलफलमा मन्त्री ज्ञवालीले यसबारे कुटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएका थिए । यो सम्बन्धि अहिले सम्म कुनै स्पस्ट जानकारी बाहिर आयको छैन तर भारतले अनुमति नलिएर एयर मार्शल विमानस्थलमा राखेको छ।