डिभी परेपछि हरिवंश आचार्य खुसि हुँदै ,,
चलचित्र दाल भात तरकारीले ट्रेलर सार्वजनिक गरेको छ , चलचित्र वैशाख २० गते बाट रिलिज हुने निर्माण पक्षले जानकारी गरेको छ। चलचत्रमा अमेरिका पुग्ने माध्यामलाई देखाईएको छ।
डीबी वा घर बेचेर भयानी अमेरिका पुग्ने भन्ने कथामा देखाईएको छ। चलचित्र पूर्ण रुपमा कमेडीमा छ ।दर्शकले मनपराउनुमा कुनै मत छैन ,किन कि यो निर्माण टिमले रिलिज गरेका पर्या सबै चलचित्र दर्शकले ढुक्क संग हेर्ने गरेका छन् ।
दालभात तरकारीको ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई फोकस गरिएको छ ।चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्र ‘दाल भात तरकारी’ मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका हुन् भने चलचित्रलाई सुदन केसीले निर्देशन गरेका छन् ।चलचित्रमा मित्र डी गुरुङको समपादन, शम्भुजित बास्कोटाको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन छ ।