रुकुम चौरजहारी

शिक्षयको यातना बाट बुट्वोल्मा बिध्यार्थीले गरे आत्महत्या प्रदशन जारि ,,,

रुकुम आठ विसकोट

रंग दर्पण १३ फागुन बुटवल : शिक्षकले अनावश्यक लान्छना लगाउँदा सहपाठी विद्यार्थीले ‘आत्महत्या’ गरेको भन्दै बुटवलको अक्सफोर्ड कलेजका विद्यार्थी न्याय माग्दै सडक उत्रिएका छन्। कक्षा १२ मा पढ्ने रुपन्देहीको सालझण्डी घर भएका विक्रम सापकोटाले शुक्रबार दिउँसो घरमै आत्महत्या गरेका थिए।

शुक्रबार बिहान कलेज पढ्न आएका विक्रमलाई मदिरा खाएर आएको भन्दै कलेज प्रशासनले अभिभावकलाई खवर गरिदिएको थियो। ‘उसले मदिरा खाएकै थिएन, रगत चेक गर्नुसभन्दा पनि कलेजले वेवास्था गरी घरमा खबर गरिदियो, त्यही टर्चरले उसले आत्महत्या गर्‍यो, कलेजका एक सहपाठीले नाम उल्लेख नगर्ने सर्तमा बताए।

कलेज नजिकैको क्यानटिनबाट निस्किएका विक्रम र उनका साथीलाई कलेज प्रशासनले मदिरा खाएको भन्दै हातपात गरेको विद्यार्थीको भनाई छ। कलेजले विगतमा पनि यस्ता घटना गर्दा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले घटनाको सही अनुसन्धान गर्न प्रशासनसँग माग गरेका छन्।

शनिबार दिउँसो बुटवलमा प्रदर्शन गरेका उनीहरु आइतबार बिहानैदेखि फेरि प्रदर्शन गरेका छन्। कलेजले भने गलत क्रियाकलाप गरेको आशंकामा विक्रमलाई सामान्य ढंगले सम्झाएको बताएको छ। विद्यालयका प्राचार्य दिनेश भुसालले कलेजमा आएका विद्यार्थी बिहानै ४५ मिनेटसम्म कक्षा कोठामा नआएको र पछि कोठामा आउँदा विक्रसँगैका साथीले मादक पदार्थ सेवक गरी विद्यालयमा आएको बताए।

मादक सेवन गरेका विद्यार्थीका अभिभावकलाई बोलाएर उनको जिम्मा लगाएको र विक्रमको परिबारलाई पनि फोनबाट गलत संगतमा छोरो लागेको जानाकारी मात्र गराएको उनले बताए। कलेज सकिसकेपछि कलेज बसमै घर पुगेका उनको पछि आत्महत्या गरेको खवर विद्यालयमा आएको प्राचार्य भुसालको भनाई छ।