सरकार मदेखि झुक्यो सिकेरावत ,,

चैत ३० , सिरहा – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफु देखि सरकारले हार मानेको तर्क गरेका छन्। , हिजी धडपकड गर्ने सरकारले आज भोलि मलाई सुरक्षा दिने गरेको छ ।

यसमा मधेसी जनताको जित हो। मधेसी जनताको लागि जनमत संग्रह गराउने कुरामा सहमति भयको छ। यो कार्य अगाडी बढ्छ रावतले भने। सिरहाको मिर्चैयामा आज आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राउतले सरकारसँग भएको सम्झौताबारे प्रश्न गर्न मधेसवादी दलका नेताको औकात नभएको बताए । उनले केपी ओलीसँग नभई नेपाल सरकारसँग सम्झौता गरेको भन्दै उनले यसलाई वार्ताभन्दा विजयी हासिल गरेको दावी गरे ।

lekbesi

उनले २०७५ फागुन २४ गते भएको सम्झौतालाई विजयको संज्ञा दिँदै आफ्नो जनमत संग्रहभन्दा माथि गएर सम्झौता गरेको बताए । उनले भने, ‘हामीले जनमतको माग राखेका थियौं तर हामीले ‘जनअभिमत’ प्राप्त गरेका छौं,।

यसको अर्थ हामी चुनाव अथवा जनताको जनविद्रोहवाट आफूले चाहेको व्यवस्था स्थापना गर्न सक्छौं । साथै मधेशवादी दलका दोकान छिट्टै बन्दहुने पनि रावतले जानकार गरे मधेस केन्द्रीत दलहरुलाई सामन्तवादी, जमिन्दार र ठेकेदारको संज्ञा दिदै सिके राउत सरकारसँग झुकेर सहमति गरेको भनेर भ्रम फैलाउनेहरुको दोकान चाँडै बन्द हुन्छ ,उनले भने ।

मधेशमा एउटा पार्टीको आवश्यक्ता थियो’ उनले भने, ‘मेरो राजनीति बिरासत छैन । तर, राजनीतिको फोहोर हटाउनकै लागि राजनीति गर्छु । सिरहा जिल्लाको आयोजनामा भएको सभामा ५ हजारभन्दा बढीको उपस्थितिलाई रावतले सम्बोधन गरेका थिय ।