टिक टक हटाउन गुगललाई सरकारको पत्राचार ,,

वैशाख ३ , काठमान्डौ – एप स्टोरबाट ‘टिक टक’ हटाउन भारत सरकारले गुगल र एप्पललाई आग्रहगरेको छ । यो यौटा लोकप्रिय एप् हो यो भन्दा पहिले मद्रास उच्च अद्लातले एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो ।

भारतीय सुचना प्रविधि मन्त्रालयका अनुसार गुगल र एप्पले एप झिकेको खण्डमा भारतमा टिकटकलाई ठूलो धक्का लाग्नेछ ।उच्च अदालतले सरकारलाई टिकटक डाउनलोड गर्न प्रतिवन्ध लगाउन अनुरोध गरेको थियो । मन्त्रालयले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट यसलाई झिक्न अनुरोध गरेको छ ।

हाम्रो अनुरोध स्वीकार्ने वा अस्वीकार गर्ने उनीहरुको हातमा छ,’ मन्त्रालयका एक अधिकारीले इकोनोमिक टाइम्सलाई भनेका छन् ।पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिनेछैन ।

lekbesi

भारतीय युवाहरुले यस एपमार्फत भारतीय राजनीतिज्ञहरुको बिल्ला गरिरहेको भनेर तामिलनाडुको संसदमा कुरा उठेपछि मद्रास उच्च अदालतले गम्भीर भयर बन्द गर्ने निर्णय गरेको हो ।

साथै टिकटकले भारतमा अश्लिलता फैलाइरहेको दावी गरिएको छ मद्रास सरकारको निर्देशनका विरुद्ध कम्पनीले सर्वोच्चमा पुनरावेदन दिएको थियो । जसमा सर्वोच्चले टिकटकलाई प्रतिवन्ध गर्नु नपर्ने आदेश गर्यो ।

टिकटक विश्वभरी सर्बाधिक संख्यामा डाउनलोड भएको एप हो ।गत मार्चमा मात्रैआठ करोड ८६ लाख भारतीय प्रयोगकर्ता थपिएको एक अध्ययनले देखाएको छ ।

नेपालमा पनि टिकटक एपप डाउन्लोड प्रयोगकर्ता बढ्दो छन् भारतले गुगललाई पत्राचार गरेपनि गुगलले भने कुनै प्रतिक्रिया दिएको छैन।गत साता टिकटकको चिनीया मालिक बाइटडान्सले ६० लाख वटा अनुचित खालका भिडियोहरु हटाएको जानकारी दिएको थियो ।