आज देखि भारत सरकारले गर्यो टिकटक बन्द ,,

वैशाख ४ , काठमाडौं – भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् । भारत सरकारको आग्रहमा टिकटक एप्स बन्द भयको हो मद्रास उच्च अदालतले भारत सरकारलाई यो एपमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो ।

पहिलेनै डाउनलोड गरेका मोबाईलहरुमा भने टिकटक चल्ने छ नँया भने डाउन्लोड हुने छैन बंगलादेशमा पनि टिकटक प्रतिवन्धित छ, भने अमेरिकामा बालबालिकाहरुको सूचना अवैधरुपमा संकलन गरेको भनेर कम्पनीलाई जरिवाना गराइएको थियो ।

भारतमा टिकटकका १२ करोडभन्दा बढि प्रयोगकर्ता छन् । यसले खासगरी युवतीहरुलाई आकषिर्त गरिरहेको छ । यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो ।त्यसलगत्तै सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध गर्‍यो ।

हाल विश्वभर टिकटकका ५० करोडभन्दा बढि प्रयोगकर्ता छन् । मद्रास उच्च अदालतको आदेशविरुद्ध एपको मालिक चिनियाँ कम्पनी बाइटडान्स सर्वोच्चमा पुनरावेदन गरेको थियो ।तर, सर्वोच्चले पनि उच्च अदालतको आदेशसलाई सदर गर्‍यो ।

तर, केही विश्लेषकले भने चिनियाँ कम्पनीको उत्पादन आफ्नो देशमा अत्याधिक लोकप्रिय हुँदा भारत सरकारले त्यसलाई सहन नसकेको टिप्पणी गरेका छन् ।मद्रास उच्च अदालतमा यो टिकटकमाथिको मुद्दाको अर्को सुनुवाई २२ अप्रिलमा हुनेछ ।